चलचित्र ‘भोर’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा पायो उच्च तारिफ

ऐतिहासिक चलचित्र ‘झोला’का निर्देशक यादव कुमार भट्टराईद्वारा निर्देशित पछिल्लो चलचित्र ‘भोर’ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शन गरिएको छ । दाइजो प्रथामा आधारित रहेको यथार्थवादी चलचित्र ‘भोर’ हिजो  फाल्गुन ११ गते शनिवार बेलुका ४ः३० बजे राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको छ भने प्रदर्शन गरेपछी धेरै दर्शकले चलचित्रको उच्च तारिफ गरेका छन भने कतिले यस चलचित्रले नेपाली चलचित्रको बजारमा किन स्थान पाएनन भन्ने पनि गुनासो ब्यक्त गरेका छन ।

                                                  

 

चलचित्रले तराइको बिषय उठान गरेपनी देशको हरेक कुना कुनामा चलचित्रको बिशेष प्रदर्शन गरी जनतालाई दाईजोले पारेको प्रभाबको बारेमा सुशुचित गर्नपर्ने सुझाएका थिए । चलचित्र प्रदर्शनमा तराइ समुदायका दर्शकहरुको पनि बाक्लै उपस्थिती रहेको थियो । चलचित्र हेरे पश्चात धेरै दर्शकहरुले चलचित्रको बिषय बस्तु गम्भिर भएकोले पुन एक पल्ट सार्वजनिक प्रदर्शन गर्नु पर्ने सुझाव दिएका थिए । उनिहरुले चलचित्रमा  देखाइएका घटना आफुहरुले वास्तविक आँखाले देखेको भन्दै राज्यले मधेसका हरेक गाउ गाउमा यो चलचित्र देखाउन पहल गर्नु पर्ने माग गरेका थिए ।

                                               

                                  

चलचित्र भोर हेरिसकेपछी दर्शक सँगको साक्षात्कार कार्यक्रममा अधिकांस दर्शकहरुले आफुलाई चलचित्रको बिषयबस्तु, प्रस्तुती र यसले दिन खोजेको शन्देशले आफुहरुको मन छोएको प्रतिकृया दिएका थिए । चलचित्रलाई देशमा मात्र नभै अन्तराष्ट्रिय स्तरमा पुर्याउन पर्ने उनिहरुको माग थियो ।यस्तै कती दर्शकले राज्यले बनाउनु पर्ने चलचित्र ब्यक्तीले बनाएको भन्दै राज्यको तर्फ बाट भोर टिमलाई उचित सम्मान दिनु पर्ने बताएका थिए ।  चलचित्रमा लेखक कृष्ण धारावासी, कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुबेदी, निर्माता रामगोपाल थापा र सहायक निर्देशकमा  किसन अर्याल रहेका छन । देबेन्द्र सुबेदी प्रस्तुतकर्ता रहेको चलचित्रमा राज तिमल्सिना र राम गोपाल थापा निर्माताको रुपमा रहेका छन् । दिपक अधिकारी  र किसन अर्यालको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपक बज्राचार्यको छायान्कान रहेको छ । चलचित्र गत बैशाखको २१ गते प्रदर्शनमा आएको थियो ।

 

                                                 

 

फागुन ९ गतेदेखि सुरु भएको फेष्टिवल फाल्गुन १३ गतेसम्म भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा चल्नेछ । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखराका अनिक अधिकारी बने ‘हस्पिटालिटी नेपाल’ तेस्रो सिजनको विजेता

  • १० चैत, २०७५

 १७ प्रतिस्पर्धीलाई पछि पार्दै बेगनास पोखराका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । फाइनल चरणमा निर्णायकले

मिसेस टप अफ द वल्र्ड नेपाल–२०१९ को बिजेता बनिन अलिना तुलाधर

  • १० चैत, २०७५

विवाहित महिलामा लक्षित मिसेस टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले अलिना

दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न

  • ७ चैत, २०७५

काठमाडौं : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर

ad