नेपालको दोश्रो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९’ को फारम खुल्ला साथै बिजेतालाई बैंकक टुर पनि...

ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९’ को फारम खुलेको छ । रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र विलक्षण क्रियसनको सँयुक्त आयोजनामा ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९(सिजन–२)’ फारम खुलेको छ । ब्युटीसियनहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति, पेशा तथा व्यबसायको बृद्धि एवम् विभिन्न क्षेत्रमा अबसरका लागि यो प्रतियोगिता गत वर्षबाट आयोजना गरिँदै आएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले जानकारी गराएकी छिन् भने  आगामी २७ चैतमा काठमाडौंको जमल स्थित राष्ट्रिय सभागृहमा यो प्रतियोगिताको फाईनल हुँदैछ ।

                                            


यस पटकको बिजेतालाई ५० हजार रुपैयाँ बराबरको बैंककको पाँच दिनको टुर, २० हजार रुपैयाँ बराबरको मिडिया एँकरिङ कोर्स सहित विभिन्न उपहार र अबसर प्रदान गरिने छ । यस्तै फस्ट रनरअपलाई बैंककको टु वे टिकट सहित एक महिनाको स्पेशल नेलआर्ट कोष र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यस्तै सेकेन्ड रनरअपलाई पाँच दिनको बैंकक भ्रमणमा २० हजार रुपैयाँ बराबरको टुर प्याकेज, एक महिनाको स्पेशल नेलआर्ट कोष सहित विभिन्न उपहार प्रदान गरिने छ । प्रशिक्षण, क्याटवाक, फिटनेश, व्यक्तित्व विकाश, डान्स, मिडिया फेसिङ जस्ता विविध प्रशिक्षण दिईने छ । प्रतियोगीहरुलाई निशुल्क फोटो सेसन गराईने छ ।

                           

                                      

 

 यस्तै बिजेतालाई मिडियासँगै म्युजिक भिडियोमा मोडलिङको अबसर दिईने छ । एक महिनाको प्रशिक्षणमा अग्रज व्युटिसियन सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले विविध प्रशिक्षण दिनेछन् । सहभागीहरुलाई २० फागुनमा अडिसन लिईने छ । फागुन २८ बाट फोटोसुटसँगै प्रशिक्षण सुरु गरिने छ । प्रतियोगितामा सहभागी हुनका लागि जम्मा १५हजार रुपैयाँ शुल्क राखिएको छ । जसमा फ्रि फोटो शेसन, ट्रेनिङ ड्रेस, अफिसयिल पार्टी गाउनलगायतका सामग्री पनि प्रदान गरिने आयोजक एबम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले जानकारी गराएकी छिन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै