उर्लाबारीको निमा धिमालले जितिन ‘मिस धिमाल’काे उपाधी

पुर्व उर्लाबारीमा सम्पन्न मिस धिमाल २०१९ काे उपाधी उर्लाबारी आमबारीकी निमा धिमालले जितेकी छिन् । शुक्रबार उर्लाबारी स्थित न्यु भिजनकाे प्राङगणमा सम्पन्न फिनालेमा १९ प्रतियाेगीलाई पछि पार्दै उनले मिस धिमाल २०१९ काे उपाधी जितेकी हुन् । उनलाई मिस धिमाल २०११ कि विजेता अनु धिमालले ताज पहिर्याएकि थिईन् । उपाधी विजेताले ताज सहित नगद १ लाख रुपैया प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियाेगीताकाे फस्ट रनरअप बिर्तामाेडकी प्रतिमा धिमाल भईन् । उनले ताज सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन्, भने सेकेन्ड रनरअप बेलबारीकी रविना धिमाल भईन् । उनले ताज सहित नगद ३५ हजार प्राप्त गरिन् ।

 

 

त्यस्तै विधागत उपाधीहरुमा मिस एक्टिभ सृजना धिमाल, मिस क्याटवक निशा राजथारु, मिस फाेटाेजेनिक अलिना धिमाल, मिस डिसिप्लिन अनिशा नुनियादाेङगे, मिस चार्मिङ लक्ष्मी नुनिया दाेङगे, मिस पर्सनालिटि प्रतिमा राज ओघनिया, मिस बेष्ट फिगर अनुसा राजथारू, मिस फ्रेन्डसिप निमा धिमाल, मिस पब्लिक च्वाईस सुजता दिङ धिमाल, मिस ट्यालेन्ट निशा राजथारु धिमालले जितेका छन् । धिमाल विद्यार्थी मन्चकाे आयाेजनामा भएकाे प्रतियाेगीतामा कार्यक्रमकाे सभापतित्व संयाेजक सुनिल धिमालले गरेका थिए । प्रदेश नम्बर १ का संसद कुलप्रसाद साम्बा प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल रहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखराका अनिक अधिकारी बने ‘हस्पिटालिटी नेपाल’ तेस्रो सिजनको विजेता

  • १० चैत, २०७५

 १७ प्रतिस्पर्धीलाई पछि पार्दै बेगनास पोखराका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । फाइनल चरणमा निर्णायकले

मिसेस टप अफ द वल्र्ड नेपाल–२०१९ को बिजेता बनिन अलिना तुलाधर

  • १० चैत, २०७५

विवाहित महिलामा लक्षित मिसेस टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले अलिना

दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न

  • ७ चैत, २०७५

काठमाडौं : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर

ad