शिव परियारको गीत ‘मलाई म जस्तै बन्न देऊ’ सार्वजनिक ….. ( भिडियो सहित )

 

सदाबहार निकै लोकप्रिय अनि बिशेषतया युवा पुस्तामाझ चर्चित निकै मिठास आवाजको धनि गायक शिव परियारको एकल आवाजमा रहेको बिल्कुलै नया तथा अलिक फरक धारको गीत  ‘मलाई म जस्तै बन्न देऊ’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतकार महेश आचार्यको शब्द रचनामा गायक शिव परियार आफैले संगीत भरेर तयार परेका हुन् भने गीतको संगीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् ।

 

गायक शिव परियारले गीतको  भिडियोलाई आफ्नै युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्  । सार्वजनिक म्युजिक भिडियोको  गीत गायक शिव परियारको शिवालय एल्बममा समाबेश गीत हो भने यस गीतलाई  रविन दर्शनधारीले मिक्सिङ गरेका छन्  । 

अहिलेको युवा वर्गलाई लक्षित पारि तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन भने चलचित्र ‘कथा काठमाण्डू’ बाट डेब्यु चलचित्र निर्देशनमा लागेकी  सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भावलाई एउटा कथामा उतारी अनि एक कलाले सजाएर निकै आकर्षण रुपमा गीतलाई भिडियोमा प्रस्तुत गरिएको छ भने यस आकर्षण भिडियोलाई लुजा सिंहले खिचेका हुन् । भरत रेग्मीको सम्पादन ,सुजु पाण्डेको श्रङ्गार  रहेको यस गीतको भिडियोमा  मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेले डेब्यु गरेका छन्  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संगीतकार हरि लम्सालको ‘ प्रेमपत्र ’ सार्वजनिक ... (भिडियो सहित)

  • ५ मङ्सिर, २०७५

संगीतकार हरि लम्सालको स्वर तथा  सङ्गीत रहेको गीत ‘प्रेमपत्र’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नारायण गौतमको शब्द रचना रहेको यस रोमान्टिक

चर्चामा गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको ‘झरना झरी’ ... (भिडियो सहित)

  • ५ मङ्सिर, २०७५

गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक यस गीतमा पोषराज दाहालको

लिरिकल भिडियोमा राजेश पायल राइको ‘दर्शन नमस्ते ४’को पहिलो गीत सार्बजनिक ... (भिडियो सहित)

  • ४ मङ्सिर, २०७५

नेपालको चर्चित तथा राई इस किङ्गको नामले लोकप्रिय र परिचित गायक राजेश पायल राइको आवाजमा  ‘दर्शन नमस्ते ४’ एल्बममा समाबेश पहिलो गीतको लिरिकल