रिलिजको २४ घण्टा नपुग्दै "लभ स्टेशन " को ट्रेलर युट्युबको ट्रेण्डिङ्गमा..(भिडियो सहित )

चलचित्र लभ स्टेशनको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरीए संगै दर्शक श्रोताहरुको मन जित्दै रिलिज गरिएको २४ घण्टा नबित्दै ट्रेलर अहिले युट्युबको ट्रेण्डिङ्ग मा बस्न सफल भएको छ   । आउदो चैत्र  २२ बाट देशव्यापीरुपमा  प्रदर्शनमा आउन लागेको यस चलचित्रमा पछिल्लो सफल चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहेको छ  । सार्वजनिक यस ट्रेलरमा  प्रदीप खडका र जसिता गुरुङको प्रेम र बिछोड र सम्झौतालाई प्रस्तुत गरिएको छ भने  ट्रेलरमा  कुनै एक पात्र लामो समयदेखि हराएको र प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको देखाईएको छ । 


प्रस्तुतकर्ता गोविन्द शाही रहेको यस चलचित्र गोबिन्द शाहीको होम प्रोडक्सन अर्थात् काफिया फिम्सको ब्यानरमा निर्माण भएको छ भने यस चलचित्रमा नव डेब्यु नेगेटिभ भूमिकामा प्रकाश शाहलाइ देखाईएको छ  । ट्रेलरमा देखाईए अनुसार प्रकाश शाह प्रदिप र जसिताको प्रम सम्बन्धको बीचमा आएका छन  ।   नयाँ पुस्तालाई लक्षित गरि तयार गरिएको यस चलचित्रमा निर्देशक उज्ज्वल घिमिरेको निर्देशन तथा सुवाससिंह बस्न्यात र निर्देशकको लेखन रहेको छ भने यस चलचित्रमा प्रस्तुत कर्ता गोबिन्द शाहीका पुत्र र पुत्री काफिया शाही (क्रिसु) र कविरबिक्रम शाही निर्माता र निर्मात्रीको रुपमा रहेका छन  ।

 

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, ज्वलन्त गौतमको अभिनय रहेको छ । चलचित्रमा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत , लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा एन्जिला र प्रतापको गीत " बस बस रे "...(भिडियो सहित )

  • ११ चैत, २०७५

केहि दिन अघि सार्वजनिक भएको गायिका  एन्जिला रेग्मी र प्रताप दासको स्वर रहेको  गीत  " बस बस रे " को म्युजिक भिडियोलाइ छोटो समय मै दर्शक

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ad