युट्य़ुबको ट्रेण्डिङ्गमा चलचित्र ‘यात्रा’ को गीत " चट्ट रुमाल " ..(भिडियो सहित )


स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको अभिनय रहेको  सुपरहिट चलचित्र  ‘आफ्नो मान्छे’ मा समावेश हिट गीत ‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘यात्रा’ मा समावेश गरि मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको  निर्माण टिमले गीतको रिमेक भर्सन सार्वजनिक गरेका छन  भने, गीतका वास्तविक सर्जकहरुलाई समेत कार्यक्रममा  सम्मान गरेको छ । हिजो सार्वजनिक गरिएको गीत " चट्ट रुमाल " दर्शक श्रोतहरुको मन जित्दै रिलिजको २४ घण्टा पनि नपुग्दै अहिले युट्य़ुबको ट्रेण्डिङ्गमा बस्न सफल भएको छ ।

 

बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ भने, गीतमा शम्भुजित बास्कोटा  र साधना सरगमको गायन रहेको छ  । यस  रिमेक भर्सनमा भने गायक धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यस गीतलाई राजन इशानले रि-एरेञ्ज गरेका हुन् भने चलचित्रको यस गीतको भिडियोमा  प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा  सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालाई फिचर्ड गरिएको छ । 
  


यस  चलचित्र "यात्रा "लाइ सम्राट शाक्यले डेब्यु निर्देशन गरेका छन भने  केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रमा  बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रमा  निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । यसलाई संजय लामाले खिचेको यस चलचित्रमा कथा पनि निर्देशककै रहेको छ  ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

  • ९ जेठ, २०७६

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि

भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि १ महिनाको तलब दिने घोषणा

  • ९ जेठ, २०७६

भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

  • ९ जेठ, २०७६

एजेन्सी– मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच