युट्य़ुबको ट्रेण्डिङ्गमा चलचित्र ‘यात्रा’ को गीत " चट्ट रुमाल " ..(भिडियो सहित )


स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको अभिनय रहेको  सुपरहिट चलचित्र  ‘आफ्नो मान्छे’ मा समावेश हिट गीत ‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘यात्रा’ मा समावेश गरि मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको  निर्माण टिमले गीतको रिमेक भर्सन सार्वजनिक गरेका छन  भने, गीतका वास्तविक सर्जकहरुलाई समेत कार्यक्रममा  सम्मान गरेको छ । हिजो सार्वजनिक गरिएको गीत " चट्ट रुमाल " दर्शक श्रोतहरुको मन जित्दै रिलिजको २४ घण्टा पनि नपुग्दै अहिले युट्य़ुबको ट्रेण्डिङ्गमा बस्न सफल भएको छ ।

 

बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ भने, गीतमा शम्भुजित बास्कोटा  र साधना सरगमको गायन रहेको छ  । यस  रिमेक भर्सनमा भने गायक धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यस गीतलाई राजन इशानले रि-एरेञ्ज गरेका हुन् भने चलचित्रको यस गीतको भिडियोमा  प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा  सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालाई फिचर्ड गरिएको छ । 
  


यस  चलचित्र "यात्रा "लाइ सम्राट शाक्यले डेब्यु निर्देशन गरेका छन भने  केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रमा  बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रमा  निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । यसलाई संजय लामाले खिचेको यस चलचित्रमा कथा पनि निर्देशककै रहेको छ  ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा एन्जिला र प्रतापको गीत " बस बस रे "...(भिडियो सहित )

  • ११ चैत, २०७५

केहि दिन अघि सार्वजनिक भएको गायिका  एन्जिला रेग्मी र प्रताप दासको स्वर रहेको  गीत  " बस बस रे " को म्युजिक भिडियोलाइ छोटो समय मै दर्शक

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ad