पोखरामा आजबाट प्याराग्लाइडिङ उडान बन्द

आजबाट पोखरामा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ । पोखरामा रहेका प्यारग्लाइडिङ कम्पनीहरुले २०७१ साल देखि स्थानीय निकायलाई तोकिएको राजश्व नतिरेकाले आनदेखि पोखरामा प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताएका छन्। पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा हाल संचालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरु मध्य हालसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीले बाहेक अन्य कम्पनीहरुले शुल्क नतिरेको बताएका छन्।

आर्थिक बर्ष २०७५-०७६ मा स्थानीय तहले तोकेको वार्षिक पर्यटन शुल्क एक लाख र २५ हजार राजश्व तिर्नुपर्ने प्रावधान छ तर अधिकाशं कम्पनीहरुले उक्त शुल्क तिरेका छैनन्। त्यस्तै पोखरामा तीन दिनयता प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान पनि बन्द गरेको छ ।  विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै आज अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ।  यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए। विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन्। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो

हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन

  • ९ जेठ, २०७६

यतिवेला हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन भइरहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘च च हुई’को छायाँकन गत साता देखि