सरिता तामाङले जितिन मिस तामाङ २०१९ को ताज


एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना गरेको मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज हात पारेकी हुन्। उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट ह्रयाम्पर पाइन् । उनलाई पछ्याउँदै फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र क्राउन, गिप्ट हेम्पर पाइन्।

 

पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकहरू युवा व्यवसायी उत्तम ब्लोन, मिस तामाङ २०१२ विजेता एवं नायिका सुमी मोक्तान, सञ्चारकर्मी स्मितु घिसिङ, इक्यान महासचिव शेषराज भट्टराई रहेका थिए । त्यसैगरी समारोहमा नेपाली कांग्रेसका युवा नेता गणेश लामा, सिवी लामा लगायतले विजेतालाई शुभकामना दिए । गत वर्ष तामाङ कला संस्कृतिको संयोजनमा भएको थियो भने यस वर्ष एभरेष्ट फेशन होमकी अध्यक्ष रञ्जिता ब्लोन लामाको संयोजनमा सम्पन्न भएका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखराका अनिक अधिकारी बने ‘हस्पिटालिटी नेपाल’ तेस्रो सिजनको विजेता

  • १० चैत, २०७५

 १७ प्रतिस्पर्धीलाई पछि पार्दै बेगनास पोखराका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । फाइनल चरणमा निर्णायकले

मिसेस टप अफ द वल्र्ड नेपाल–२०१९ को बिजेता बनिन अलिना तुलाधर

  • १० चैत, २०७५

विवाहित महिलामा लक्षित मिसेस टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले अलिना

दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न

  • ७ चैत, २०७५

काठमाडौं : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर

ad