दीपशिखाको "प्रेमलिला" को दोश्रो ट्रेलर सार्वजनिक ...(भिडियो सहित)

माघ २५ देखि फाल्गुन १० हुदै चैत्र ८ लाइ सरेको चलचित्र " प्रेमलिला" को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । प्रेम,बिश्वास ,धोका अनि दुश्मनीलाइ बिशेष बिषयबस्तु बनाई काटेर प्रस्तुत गरिएको यस ट्रेलरमा चलचित्रका कलाकारहरुलाई प्रस्तुत गरिएको छ । यहि चैत्र ८ गतेदेखि रिलिज हुने यस चलचित्रमा नायिका दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 


अन्तर्देशीय प्रेमकथा बनेको यस चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।नेपालमा रिलिज हुनु अघि चलचित्र फागुन १० गते कतारमा च्यारिटी शो गरिसकेको छ  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad