"माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल " को आयोजनामा शैक्षिक मेला २०७५ सम्पन्न भएको छ ।

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल "माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल " को आयोजनामा शैक्षिक मेला २०७५ सम्पन्न भएको छ ।  

 

 

फागुन २५ गते सनिबार बिदाको दिन पारेर  "माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल " ले मेला सम्पन्न गरेको छ । बिहान १० बजे सुरु भएको शैक्षिक मेलामा बिद्यार्थी तथा बालबालिकाहरुको मानसिक र बौद्धिक बिकाश हुने गरि मेलामा विभिन्न किसिमको प्रतियोतिता अनि कार्यक्रमहरुको आयोजना गरिएको थियो । 

बालकेन्द्रित शिक्षण सिकाइ  "माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ्ग हाइ स्कुलको रोजाइ "  भन्ने स्लोगन बोकेको  स्कुलले यस अघि पनि यस्तै किसिमको मेला आयोजना गरिसकेको छ भने यस पटक अझ राम्रो र सरल तरिकाले निकै मेहनतका साथ मेला आयोजन गरिएको स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठको भनाई रहेको छ ।

 

बसुन्धरा स्थित यस स्कुलले आयोजन गरेको शैक्षिक मेलामा मानशिक बिकाश र बौद्धिक बिकाशलाइ सहयोग हुने र बालबालिका अनि पारिवारिक माहोललाइ पनि सहयोग हुने गरि मेलामा सामाग्रीहरुको एक्जिबेशन पनि गरिएको थियो । स्कुलका बिद्यार्थी अनि अभिभाबक र स्कुल क्षेत्र वरिपरिका व्यक्तित्वहरुको ध्यान आकर्षण हुने गरि मेलाको आयोजन गरिएको थियो । उक्त मेला "माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ्ग हाइ स्कुलको  प्राँगणमा सम्पन्न गरिएको हो ।  

मेलामा शैक्षिक तथा बिज्ञान पर्दर्शनी, सांस्कृतिक कार्यक्रम, खेल, कृषि सम्बन्धी ज्ञान, कास्ठकला, चित्रकला, फुड स्टल समेत राखिएको थियो भने  बिद्यालयका प्रिन्सिपल गणेश श्रेष्ठले विद्यार्थीमा अन्तर निहित तथा सिर्जनात्मक क्षमताको बिकास गर्नको लागि मेलाले निकै ठुलो सहयोग पुर्याउने जानकारी दिएका छन ।   मेलामा विद्यार्थीहरुबाट निर्मित सामाग्रीहरुको प्रदर्शन समेत गरिएको थियो । यस शैक्षिक मेलाले शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सचेत तुल्याइ शैक्षिक जागरण र कृयासिलता अभिब्रिद्धी गर्न सघाउ पुग्ने प्रिन्सिपल गणेश श्रेष्ठको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखराका अनिक अधिकारी बने ‘हस्पिटालिटी नेपाल’ तेस्रो सिजनको विजेता

  • १० चैत, २०७५

 १७ प्रतिस्पर्धीलाई पछि पार्दै बेगनास पोखराका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । फाइनल चरणमा निर्णायकले

मिसेस टप अफ द वल्र्ड नेपाल–२०१९ को बिजेता बनिन अलिना तुलाधर

  • १० चैत, २०७५

विवाहित महिलामा लक्षित मिसेस टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले अलिना

दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न

  • ७ चैत, २०७५

काठमाडौं : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर

ad