फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सव सम्पन्न , साथै जीतु र रिनाशा वर्ष व्यक्ति सम्मान प्रदान

फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहकाबीच कलाकार जीतु नेपाल र निर्देशक रिनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान प्रदान गरिएको छ भने सञ्चारकर्मी विष्णुप्रसाद सुबेदीलाई फिल्मीखबर-सविन शाक्य स्मृति रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा सम्पन्न समारोहमा बरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुसाल र चैत्यदेवी सिंह, बरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटा, बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला, बरिष्ठ अभिनेता सुनिल थापा, बरिष्ठ अभिनेता सरोज खनालको आथित्यता रहेको थियो ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टी भि मा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भित्र ६०/६५ शो कमेडी प्रस्तुति दिएका छन् । त्यस्तै म्युजिक भिडियो बाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रिनाशाले चलचित्र कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखिएकी छिन् ।

वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत भएका हुन् । विगत डेड दशक देखी रङ्ग पत्रकारितामा संलग्नसुवेदीले यसै वर्ष मात्र लेन्स नेपाल डट कम को वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत-सङ्गीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफि र रङ्ग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवम् दश हजार दश रुपैयाँ राशी रकम सहित सम्मान तथा पुरस्कार प्रदान गरीएको थियो । पछिल्लो समय डिजिटल मिडियाको प्रभाव परेसँगै प्रिन्ट मिडिया केही ओझेलमा परेकोले त्यसलाई बाचाई राख्नु आफैमा चुनौतिपूर्ण रहेको सम्पादक शान्तिप्रियको भनाई छ । उनले यो चुनौतिलाई स्वीकार्दै फिल्मीखबरले १० औं वर्ष प्रवेश गरेकोमा खुशी प्रकट गरेका छन् । फिल्मीखबर नेपाली रङ्ग पत्रकारिता इतिहासमा १० औं वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका हो । यस्तै उपस्थित चलचित्रकर्मीहरुले फिल्मीखबरको १० औं वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना प्रकट गरेका थिए । बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले फिल्मीखबरको योगदानको चर्चा गरेका थिए भने शम्भुजित बासकोटा र बसुन्धरा भुसालले निरन्तर र निर्भिक पत्रकारिता चुनौतिपूर्ण भएपनि त्यसलाई फिल्मीखबरले जिम्मेबारी पूर्वक बहन गरेको बताएका छन् । यस्तै सुनिल थापा, सरोज खनाल, चैत्यदेविलगायतले पत्रकारिताको माध्यमबाट चलचित्र क्षेत्रको विकासका लागि समेत महत्वपूर्ण योगदान दिएको जनाए ।

वर्ष व्यक्ति सम्मानबाट सम्मानित जीतु नेपाल र रिनाशाले सम्मानले अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताए भने पत्रकारिता पुरस्कारबाट पुरस्कृत बिष्णुप्रसाद सुबेदीले सबिन शाक्यको सम्झना गर्दै पुरस्कारको सम्मान हुने गरि काम गर्ने प्रयास जारी रहने बताएका छन् । समारोहमा कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा, कलाकार निर्मल शर्मालगायत थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सम्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक

  • २७ कार्तिक, २०७६

विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा

दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

  • १७ कार्तिक, २०७६

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौंमा

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • १७ कार्तिक, २०७६

तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान