राजधानीमा होलीले लियो २ को ज्यान साथै ३ घाईते

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था गम्भीर छ । ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो । होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

  • १२ बैशाख, २०७६

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र

उत्कृष्ट खानाको गन्तब्य बन्दै सिलौटी रिसोट

  • १२ बैशाख, २०७६

जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

  • ११ बैशाख, २०७६

 २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित