चलचित्र " ए मेरो हजुर ३ " को दोश्रो गीत ‘परान’ सार्वजनिक (भिडियो सहित )

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नायक अनमोल केसी र सुहाना थापाको अभिनय रहेको चलचित्र " ए मेरो हजुर ३ " दोश्रो गीत सार्वजनिक भएको छ । नेपाली लोक फ्लेवरमा  तयार  यस ‘परान’ बोलको  गीतमा  यसै चलचित्र मार्फत डेब्यु गरेकी नव नायिका सुहाना र अनमोलको निकै राम्रो प्रस्तुति रहेको छ ।  भिडियोमा सुहना र अनमोलले नेपाली पोशाक अर्थात् ढाकाको कपडाले बनेको पहिरन लगाएका छन भने यी दुइलाइ निकै सुहाएको पनि छ । यस अघि पनि चलचित्रको पहिलो रोमान्टिक गीत " जिन्दगि नै भन्दिन " बोलको गीतले नेपाली बजारमा निकै राम्रो प्रतिक्रिया बटुलेको थियो भने दर्शक श्रोताहरुको मन जित्दै रिलिजको केहि घण्टादेखि नै युट्युबको ट्रेण्डिङ्गमा समेत रहन सफल भएको थियो । सार्वजनिक यस गीतमा प्रख्यात संगीतकारको रुपमा चिनिदई आईरहेका आशिष अविरल र चर्चित अनि सफल गायिका अन्जु पन्त आवाज रहेको छ भने यस गीतमा आवाज भरेका संगीतकार आशिष अविरलले नै गीतको संगीत तथा संगीतलाई एरेन्ज गरेका छन । गीतमा शब्द रचना भने आनन्द अधिकारीको रहेको छ भने  भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । 

 

 नायिका तथा निर्देशक झरना थापाको निर्देशन रहेको यस  प्रेमकथामा आधारित  चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा  अनमोल केसी र सुहाना थापाको साथै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।  सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको यस चलचित्रमा  झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद रहेको छ । चलचित्र यहि चैत्र २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल