पोखराका अनिक अधिकारी बने ‘हस्पिटालिटी नेपाल’ तेस्रो सिजनको विजेता

 १७ प्रतिस्पर्धीलाई पछि पार्दै बेगनास पोखराका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । फाइनल चरणमा निर्णायकले सोधेको प्रश्नको सबैभन्दा उत्कृष्ट जवाफ दिएर उनी विजेता छनौट भएका हुन् । अनिक अधिकारीले विजेता भएसँगै नगद २५ हजार रुपैयाँसँगै दुबई भ्रमणको प्याकेज प्राप्त गरेका छन्  । अनिक अधिकारी हाल नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छन् । त्यस्तै कन्टेस्टमा पवित्रा तामाङ फस्ट रनरअप भईन् । उनले टाइटलसँगै नगद र विभिन्न प्याकेज पुरस्कार जितिन् । तामाङ पनि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छिन् । कन्टेस्टमा प्रतिक गुरुङ सेकेन्ड रनरअप भए । उनी माउन्ट अन्नपूर्ण कलेजमा अध्ययनरत छन् । त्यसैगरि सिटिइभिटीमा अध्ययनरत सन्देश केसी कन्टेस्टमा थर्ड रनरअप भएका थिए ।

 

करिब डेढ महिनासम्म आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराएर ‘हस्पिटालिटी सेक्टर’सँग सम्बन्धि विभिन्न तालिमहरु दिएको थियो । हस्पिटालिटी क्षेत्रसँग विज्ञता राख्ने व्यक्तिहरुले प्रतिस्पर्धीहरुलाई तालिम दिएका थिए । फाइनलमा उनीहरुले तालिममा सिकेका विभिन्न सिपहरु पनि प्रदर्शन गरेका थिए । ग्राण्ड फिनालेसँगै हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन सकिएको आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ । ‘तेस्रो सिजनसम्म आईपुग्दा हामीले कन्टेस्टलाई निकै उचाँईमा पु¥याउन सकेकोमा गर्व गर्छौँ । यो सफलतामा धेरैजनाको हात रहेको छ । र, सहयोगी हातलहरुलाई कम्पनीको तर्फबाट धन्यबाद ज्ञापन गर्न चाहन्छौँ । त्यस्तै विजेताहरु र कन्टेस्टमा सहभागीहरुलाई पनि आगामी जीवनका लागि शुभकामना दिन चाहन्छौँ ।’ ग्राण्ड फिनाले पछि एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।

 

हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनको मूख्य निर्णायकको रुपमा पाइलट तथा अभिनेता विजय लामा रहेका थिए । त्यस्तै हिसान कास्कीका अध्यक्ष डा। रामजी शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछाने, माउन्ट अन्नपूर्ण कलेजका प्राचार्य शैलेन्द्र श्रेष्ठ र नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी र नाट्टाका अध्यक्ष सन्तोष पोखरेल निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा मिस अर्थ २०१८ प्रिया सिग्देल विशेष अतिथीको रुपमा सहभागी थिईन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

  • १२ बैशाख, २०७६

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

  • ११ बैशाख, २०७६

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९  सम्पन्न भएको छ । किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न

रेश्मा प्रसाईंले जितिन छैठौ संस्करणको "मिस नेपाल पिस अर्थात् मिस नर्स २०१९"को उपाधि ।

  • ९ बैशाख, २०७६

स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज