चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमको  आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्राय सम्पूर्ण कलाकारलाइ प्रस्तुत गरिएको छ भने नव डेब्यु नायिका मालिका महत अन्धी र आवाजकी धनि हुने देखीएको छ र बाकी कलाकारहरु नायिका मलिकालाई खोज्न हिड्ने र उनको अवाज संसारसामु चिनाउने प्रयासमा लागेको देखाईएको छ ।

 


सम्राट शाक्यको डेब्यु निर्देशनमा तयार  यस चलचित्र यहि महिनाको २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सलिनमान बँनिया, सलोन बस्नेतका साथै जान्वी बस्नेत, मल्लिका महत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , विशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको कलाकारहरुको अभिनय रहेको छ  भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बोबीको पनि अभिनय रहेको छ । 

 


निर्देशक सम्राट शाक्य कै कथा लेखन रहेको यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । चलचित्रमा सञ्जय लामाले छायांकन ,बनिष शाहको  सम्पादन , सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे, धर्मेन्द्र सेवानको गायन, सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रको संगीत, हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ