वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा नव गायक निवाश थापाको आधुनिक गीत “हृदय” सार्वजनिक ।

गत बिहिबारका अर्थात् चैत्र १४ गते राजधानीमा एक कार्यक्रमको योजना गरि  नव गायक निवाश थापाले आफ्नो जन्मदिनको अवसर परेर आफ्नो एकल आधुनिक गीति एल्बम “हृदय” सार्वजनिक गरेका छन ।

उक्त एल्बम बिमोचन कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा बरिस्ट तथा चर्चित गीतकार  डा कृष्णहरि बराल, बाबुराजा केसि, बिबि अनुरागी, एकनारायण भन्डारी, महेश खड्का लगायत चर्चित कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो। साथै  कार्यक्रममा बागमती सरसफाई अभियानका प्रतिनिधि, बन्दना नेपाल, भाग्य न्यौपाने र श्रस्टा सर्जक लगायत अन्यलाई सम्मान गरिएको थियो ।  

 


एल्बम  बिमोचन कार्यक्रममा  सोही एल्बममा रहेका गीत मध्ये २ गीतको भिडियो समेत सार्वजनिक गरियो भने एक गीत नृत्य भाकाका रहेका छन भने अर्को गीत करेन्ट लगेर २ हात र १ खुट्टा गुमाएका नव बिबाहित जोडी कृष्ण ओली र रुपा मगर ओलीको बर्तमान जीवनीलाइ प्रस्तुत गरि तयार गरिएको गीत रहेको छ जुन अहिले युट्युबमा पनि  “मृत्यु मा एउटै चिता बनोस” खोज्दा भिडियो समेत भेटिन्छ । गीतमा निवास थापाको रहेको छ भने केशब अधिकारीको शब्द तथा संगीत  रहेको छ । भिडियोमा अर्चना काउछा मगर र नवीन श्रीसको अभिनय रहेको छ । भिडियोमा भाग्य न्यौपाने अतिथी कलाकारको रुपमा देखा परेका छन् । यस गीतलाई शाहरा फिल्म्सले बजार ब्यवस्थापन गरेको छ । कुशल निर्देशक एबम मोडल शिवन पोखरेलको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय