नाट्यश्वर म्यूजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा नाट्यश्वर म्यूजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । अवार्डमा बिशेष  अथितीमा  नेपाली काङ्रेसको केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जन नरसिंह केसि ,नेपाली कांग्रेशका केन्द्रिय सदश्य शिब प्रसाद हुमागाई ,बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भिसाल,चैत्य देबी लगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

 


आईतवार आयोजित ‘पहिलो नाट्यश्वर म्युजिक अवार्ड’ समारोहमा पुराना लोक गायक शिवनारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने  नेपाली चलचित्र क्षेत्रमा पाँच दशक भन्दा लामो योगदान दिएका अभिनेत्रीद्वय चैत्य देवी र बसुन्धरा भुसाललाई ‘नाट्यश्वर स्वर्ण सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै बिशेष सम्मान सरु थापा, हरि कर्माचार्य, नाट्यश्वर रत्न सम्मान उत्तम केसी, सिताराम पोखरेल, कला सम्मान डीबी लामालाई प्रदान गरिएको थियो । एक दशक भन्दा लामो समयदेखी रङ्गपत्रकारिमा सक्रिय जीवन पराजुलीलाई ‘नाट्यश्वर रत्न रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पत्रकार शान्तिप्रियलाई ‘नाट्यश्वर रजत सम्मान’ तथा पत्रकार सुर्य चन्द, सचित खड्का, स्वस्तिका चिलुवाल, शिब देबकोटा, अरबिन्द्र गौतम, पुरुश्वतम बस्नेत, बलराम श्रेष्ठ, सचित खड्का, कमला जोशीलाई ‘नाट्यश्वर कला पत्रकारिता सम्मान’ दिईएको थियो । साथै अन्य केहि कलाकर्मीहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।

 

 

कुल ४५ विधामा गरिएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट सर्जक, गायक गायिका, विभिन्न भाषा भाषीका गित, मोडलहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमा उत्कृष्ट पप गायक पुस्कर सुनुवार, पप गायिका लक्ष्मी प्रधान पुरी, पप सङ्गीतकार सन्तोष श्रेष्ठ, आधुनिक गायक योगेश विक, आधुनिक गायिका सारिका घिमिरे, आधुनिक सङ्गीतकार यम गुरुङ, लोकगायक बल ब. गुरुङ, लोकगायिका श्रीदेवी देवकोटालगायतले अवार्ड चुम्न सफल भएका थिए । त्यस्तै गायक डेभिट शंकर,  सिमान्त सन्तोष, धु्रब विश्को, भरत समारी, रमिला न्यौपाने, तारावीर पाण्डे, जनक अधिकारी, दीपाशा विसी, उषा सुवेदीलगायतले अवार्ड चुमेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

  • १२ बैशाख, २०७६

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

  • ११ बैशाख, २०७६

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९  सम्पन्न भएको छ । किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न

रेश्मा प्रसाईंले जितिन छैठौ संस्करणको "मिस नेपाल पिस अर्थात् मिस नर्स २०१९"को उपाधि ।

  • ९ बैशाख, २०७६

स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज