Skip This

अमेरिकाको न्यूजर्सीको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रतियोगितामा गायक रामकृष्ण ढकालको म्युजिक भिडियो चयन

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको “अचेल पाइलै पिच्छे” भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटि नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ ।

यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो ।

हालै साझा प्रकाशनबाट “चराको गीत” नामक चर्चित कविता संग्रह प्रकाशन गर्नुभएका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गर्नु भएको छ ।

मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ फेशन शोमा निता

  • ८ फाल्गुण, २०७५

 नायिका निता ढुंगाना हिजो आज चलचित्रमा कम म्युजिक भिडियोमा देखिन थालेका छ्न भने म्युजिक भिडियोसंगै फेशन शोमा देखिएका छ्न  । पछिल्लो समय उनी फरिया

अन्तर्राष्ट्रिय मीडियामा गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को चर्चा,

  • ७ फाल्गुण, २०७५

नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’

आकाश अधिकारीको पहलमा बिदेशमा नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

  • ७ फाल्गुण, २०७५

बिदेशमा नेपाली चलचित्र महोत्सव एवम् बजार प्रवर्धन गर्ने बारे ९ राष्ट्रका लागि नव नियुक्त महामहिम राजदूतहरुको उपस्थितिमा उधोग बाणिज्य महासंघको