लोकप्रिय भिडियो एप "टिकटक" लाई रोक लगाउने आदेश

लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो ।टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय÷नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् । साथै अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ ।


मद्रास हाइकोर्टको बेन्चले एपविरुद्ध दायर गरिएको रिट निवेदनमाथि बुधबार सुनवाई गरेको थियो । अदालतले भनेको छ कि टिकटकको प्रयोग गर्ने दर्शकहरु बच्चाहरु पनि भएको र उनीहरु यौनशोषणको खतरामा रहने दावी गरेको छ । एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अश्लिल साहित्य सांस्कृतिक गिरावट, बाल शोषण, आत्महत्याहरुको हवाला दिँदै एपमाथि प्रतिवन्ध लगाउने निवेदकले माग गरेका थिए ।

नेपालमा पनि टिकटक निकै लोकप्रिय छ । टिकटकमार्फत थुप्रै सेलिब्रिटीहरु पनि जन्मिरहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवलिंगका कारण सलमान खान विवादमा

  • २१ चैत, २०७५

 भारतीय नायक सलमान खान विवादित भएका छन् । महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ भइरहँदा विवादित बनेका हुन् । उनको तेस्रो दिनको सुटिङ पनि

प्रियंकाले डिभाेर्सकाे समचारलेख्ने पत्रिका बिरुद्ध मुद्दा हाल्ने भएकी छिन ।

  • २१ चैत, २०७५

केही दिन यता बलिउड लगायत विश्वका विभिन्न मिडियाहरूमा केही महिना अघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको

कलाकार तथा निमात्री प्रज्ञा जोशी पक्राउ

  • १८ चैत, २०७५

कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी गरेको आरोपमा उनी क्राउ परेकी हुन् । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध