चलचित्र संघको आयोजनामा एकदिने चलचित्र महोत्सव गरिएको छ ।

चलचित्र संघको आयोजनामा काठमाण्डौको कुमारी हलमा एकदिने चलचित्र महोत्सव आयोजना गरिएको छ । आज दिनभर ३ वटा फरक फरक समयमा रिलिज भएर सुपरहिट भएका चलचित्रहरु प्रदर्शन गरिनेछ । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले महोत्सव आयोजना गर्नुको उद्देश्यबारे भने–‘विशेषगरि, हामीले यो कार्यक्रम चलचित्रकर्मीका लागि आयोजना गरेका हौं । 

आज मध्यान्न १२ बजेको शोमा चलचित्र ‘छक्का पन्जा ३’ प्रदर्शन गरिएको छ । यो चलचित्र हेर्नका लागि दर्शकको चाप हलमा उच्च देखिएको छ । यस्तै, आज नै चलचित्र ‘लुट’ र ‘सानो संसार’ पनि प्रदर्शन गरिदैछ । नेपाली चलचित्र नचलिरहेको समयमा यी तिन चलचित्र किन चले भनेर चलचित्रकर्मीले वुझुन् भनेर महोत्सवको आयोजना गरिएको हो ।’ उनले महोत्सव चलचित्रकर्मीका लागि आयोजना गरेतापनि चलचित्रकर्मीको उपस्थिती नै कम भएको भन्दै दुख व्यक्त गरेका थिए ।

 

महोत्सवको उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार निर शाहको साथमा ‘छक्का पन्जा ३’को टिम उपस्थित थियो । दर्शकहरुले यी तिन चलचित्रलाई लिएर उत्साह देखाएको अध्यक्ष उदयले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय