शिवलिंगका कारण सलमान खान विवादमा

 भारतीय नायक सलमान खान विवादित भएका छन् । महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ भइरहँदा विवादित बनेका हुन् । उनको तेस्रो दिनको सुटिङ पनि रोकिएको हो ।  शिवलिंगलाई फिल्म सेटमा राख्ने बेला शिवलिंगमाथि टेबल राखिए पछि स्थानियले तिब्र विरोध जनाएका छन् । शिवलिंगलाई छोरिएको जस्तो देखिएपछि स्थानियले बिरोध जनाएका हुन् ।

सामाजिक संजालमा उक्त फोटो भाइरल बनाएर यसको विरोध गरिएको छ । विवादले यतिसम्मको रुप लियो कि, बलिउस्टार सलमान खानले नै यसको जवाफ दिएका छन् । सलमान खानले भने कि, ‘शिवलिंगमाथि कम्पनीका मान्छेहरुले शिवलिंग सुरक्षित होस् भनेरै टेबल राखेका थिए । जब कि, अहिले त त्यो टेबल हटिसकेको छ ।’

 

 

सलमानले आफूहरुको सेट उत्तर प्रदेशमा लगाउने तयारी भए पनि मुख्यमन्त्री कमलनाथले मध्यप्रदेशमा नै सूटिङ गर्दा उपयुक्त हुने सुझाव दिएपछि यहाँ सूटिङ गरिएको बताए । उनले सो क्षेत्रलाई आफ्नो घर भनेका छन् । सलमानले आफ्नो पारिवारिक सम्बन्ध खुलाउँदै महेश्वर आफ्नै घर सम्झेर आएको पनि बताएका थिए । आफूले सामाजिक संजालमा पोस्ट नगर्ने भए पनि महेश्वरको नामका कारण लगातार फोटो भिडियो पोस्ट गरिरहेको पनि उनले बताएका छन् ।

फिल्मको तीन दिनको सूटिङमा तीनवटै विवाद भयो । नर्मदा किनारमा झण्डा लगाउने विषय, राजबाडामा देवी अहिल्याको पूजाद्वार बन्द गराइएको विषय र शिवलिंगको विषयमा स्थानीयले विरोध नै जनाए । अप्रिल १ देखि नियमित उक्त फिल्म सूटिङ स्थलमा अनेक विवाद सेटले झेल्दैआएको छ । सलमानले त्यसको जवाफ आफै दिएका हुन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी

  • ३० भदौ, २०७६

नेपालको चर्चित अनि लोकप्रिय र सफल गायक राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी भएको जानकारी सामाजिक संजाल फेशबुकमा प्राप्त भएको छ र साथै

टेलिप्रिजेन्स बैठक विवादमा.... (भिडियो सहित )

  • ११ भदौ, २०७६

काठमाडौं, भाद्र ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।

धरौटीमा छुटेका रबि लामिछानेले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने भएको छ ।

  • ९ भदौ, २०७६

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सिधाकुरा जनतासँग कार्यक्रम चलाउन पाउने भए पनि अदालतले