‘लभ स्टेशन’ ले ३ दिनमा २ करोड कमाएको निर्माताको दाबी... (भिडियो सहित )

काठमाडौँ ,चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको क्रस व्यापार गरेको छ । गत  शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको  चलचित्र "लभ स्टेशन " हावा हुरी र बर्षालाइ समेत पार लगाउदै प्रदर्शनको पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने,‘ हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ। 

 

आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ ।’ लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए।  यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ। 

 

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ। आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अन्तत:सरस्वतीकै जित भयो र सबै आरोप झुटो .. (भिडियो सहित )

  • २४ असार, २०७६

केहि महिना,हप्ता र देखि देखि सामाजिक संजाल फेशबुक तथा युट्य़ुबमा निकै चर्चामा रहेकी नेपालकि चेली अर्थात् एक नेपाल र नेपाली भनि चिनाउने रक तथा मेलोडी

टिकटकमा भाईरल भएकी सुनिता जो बोल्न र सुन्न सक्दैनन् ...(भिडियो सहित )

  • २३ असार, २०७६

करिब ५ दिन अघि बिबिसी न्युजमा सानो भिडियो र लेखमा रचिएर आएकी एक नेपाली चेली हुन् सुनिता थापा । जो अहिले २६ वर्षका छन र बिबिसीमा रचिए अनुसार उनि साच्चिकै

दोषी पक्राउ परेपछि खुल्यो डरलाग्दो रहस्य , दोषी र आमाबीचको सम्बन्ध यस्तो पो रहेछ... (भिडियो सहित)

  • १८ असार, २०७६

कन्ट्र्याक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुईलाई सात र दुई लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर