चलचित्र ‘लावाजुनी’लाई युनिभर्सल प्रमाणपत्र

चलचित्र  ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यस चलचित्र अब सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् भने चलचित्र केएल पीडितको निर्माण तथा निर्देशन रहेको छ । पहल नेपाल’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरुरुको अभिनय रहेको छ । 

नेपालको पश्चिमी जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलित कम्लहरी प्रथामा आधारित फिल्म लावाजुनीमा कम्लहरी बस्दा थारु बालिकाहरुले भोग्नुपरेको शोषण,  उत्पीडन र हिंसाको चित्रणका साथैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ ।
 
चलचित्रमा लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने  यसका निर्माताहरुमा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् । चलचित्र  सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गीतहरुमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

  • १२ बैशाख, २०७६

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र

उत्कृष्ट खानाको गन्तब्य बन्दै सिलौटी रिसोट

  • १२ बैशाख, २०७६

जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

  • ११ बैशाख, २०७६

 २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित