यिनै हुन् ८ बर्षका २४ इन्चको बालक... (भिडियो सहित )

एक दाम्पत्य जोडीको पहिलो चाहना भनेको सन्तान हो र त्यही सन्तान नै उनिहरुको खुसी पनि । यस्तै बाग्लुन निवाशी एक घरमा दोश्रो सन्तानको रूपमा जन्मिए मनोज बिक । जो ७ बर्ष अघि स्थानीय घरमै सहज र सरल तरिकाले जन्मेका उनको बुबा यम बहादुर बिकले बताउछ्न । उनको बुबाको अनुसार मनोज बिक जन्मिदा निकै सानो आकार र निकै कम तौलका थिए । यस्तैमा उनिहरुले त्यही स्थानीय स्वास्थ अस्पतालमा देखाउन लगे र त्यहाका चिकित्सकले बच्चा कम तौल , सानो आकारको भएपनी स्वास्थ रहेको बताए र उनिहरु घर फर्के । 

यतिकैमा बच्चा जन्मिए,हुर्किदै गए , दिन,हप्ता ,महिना र बर्ष बित्दै गए  तर मनोजको उचाई र शारीरिक बनावट भने निकै ढिलो बद्लिदै गए । आज मनोज ७ बर्ष पूरा भएको छ र उनको शारीरिक बनावट हेर्दा उनी १ अथवा डेढ बर्षका साधारण र स्वास्थ बच्चा झै देखिन्छ्न । उनको अहिलेको शारीरिक तौल भनेको ५ केजि पनि नरहेको र उचाई  मात्र २४ इन्च रहेको उनको बुबाको भनाई अनि देख्दा ,हेर्दा देखिएको छ । 

 

सामान्य परिवार अनि कामको शिलशिलामा मनोजको बुबा इन्डिया तर्फ जाने गरेको उनले जानकारी दिए । बुबा यम बहादुर बिकका अनुसार बच्चा नबडेको र तौल पनि कम भएको कारण आफू अनपढ भएपनी सुनेको र देखेको अनुसार असामान्य बालबालिकाले सरकार र समुदायबाट केही बच्चाको लागि सहयोग मिल्ने कुरालाई आफ्नो गाउँ टोल र समाजमा बच्चाको भबिश्यको लागि सहगोयको समेत पहल गरेको र कुनै  सहगोयको सह पनि नमिलेको उनको भनाई रहेको छ । 

यस्तैमा हिजो आज सामाजिक सन्जाल फेशबुक र युट्युबमा विभिन्न प्रकारको साथ सहयोग पाउने र दिने कुरा सुनेर बुझेर उनले पनि आफ्नो छोरा मनोजलाई लिएर काठमाडौं आएका छ्न र विभिन्न मिडियासामु दुई हात जोडडै केही सुझाब ,सल्लाह र साथको अपेक्षा समेत राखिरहेका छ्न । स्वर्गीय गिनिज बुकमा कम उचाईको नाम लेखाउन सफल दीपेन्द्र शाह झै आफ्नो बच्चाको पनि कम उचाई रहेकोले गिनिज बुकमा नाम लेखाईदिने आशले काठमाडौं आएको र यस कार्यको लागि साथ ,सहयोग अनि सुझाबको अपेक्षा रहेको बुबा यम बहादुरको बिचार रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिन्धुपाल्चोककि अमितालाई पर्यो यस्तो बज्रपात , रुदै सहयोग माग्दै मिडियामा ...(भिडियो सहित)

  • १२ बैशाख, २०७६

करिब ५ महिनादेखि निरन्तर उपचारमा लागिरहेकी सिन्धुपाल्चोक घर भै अहिले काठमाडौँको नारायणटार कोठा भाडामा लिएर दैनिक जीवन चलाईरहेकी २३ बर्षीय बिरामी

भाइरल ९ बर्षका बालकको यस्तो ईच्छा,ढुङ्गा बेचेकै भरमा समाजसेवी बन्ने...(भिडियो सहित )

  • ९ बैशाख, २०७६

केही दिनदेखि काठमाडौँको दरबार मार्गमा बाटोमा केहि साना देखि  ठुला ढुंगाहरुमा चित्रहरु कोरेर बेच्दै गरेका जंगस्ट्रोंग मल्ल युट्युवमा भाइरल

‘लभ स्टेशन’ ले ३ दिनमा २ करोड कमाएको निर्माताको दाबी... (भिडियो सहित )

  • २५ चैत, २०७५

काठमाडौँ ,चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको क्रस व्यापार गरेको छ । गत  शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको