नव मोडल मदन घर्ति

पछिल्लो समय अभिनय तथा कलाकारिता क्षेत्रमा निकै व्यक्तिहरुको रुचि बढ़दै गईरहेको छ । सामान्यतया पढाई संगसंगै खेल,शिप अनि अनि विभिन्न क्षेत्रमा विभिन्न किसिमको रुचि बढ्नुको साथै कलाकारितामा अझ बढी रुचि रहेको पाईएको छ । कलाकार भन्ने बितिकै मात्र नायक नायिका तथा मोडलहरुलाई बुझ्ने गर्दछौ हो नेपालमा बिशेष गरि अभिनय गर्नेलाइ कलाकार भनिने गर्दछ ।

यस्तै केहि समय यता भबिष्य र बर्तमानलाइ हेर्ने हो भने मानिसमा रुचिको बिकाश अनि भबिष्यप्रति निकै गहनता समेत भएको देखिएको छ । यस्तैमा आजको सन्धर्भ रहेको छ पोखरा निवासी मदन घर्तिको । सुन्दर अनि रमणीय र पर्यटकीय स्थलको रुपमा चिनिने आकर्षण र सुन्दरताले भरिपूर्ण पोखराको मुस्ताङ्ग चोकमा आमा लक्ष्मी घर्ति र बुबा होम बहादुर घर्तिको कोखबाट २०५६ साल मङ्सिर ६ गते जन्मिएका मदन पनि कलाकारिता आफ्नो रुचि रहेको बताउदै भबिष्यलाइ उज्ज्वल र सुखद बनाउने सपना जोडी मोडल क्षेत्रमा केहि समय यता लागिरहेका रहेका छन ।

सानो हुदा जब देखि बोल्न,हिडन ,बुझ्न र सम्झना सक्ने भए त्यसबेला देखि नै टेलिभिजनमा विभिन्न कार्यक्रम हेर्न ब्यस्त र रुचि रहेका मदन त्यति बेलादेखिने आफु पनि टिभीमा देखिने सपना सजाउन थालेका कुरा उनले खुलाएका छन् अन्लाईन खबर मेरोसंदेशमा । पोखराका मदन घर्ती मोडलिङ क्षत्रेमा नयाँ हुन् तर उनमा अभिनय गर्ने क्षमता अनि साहस निकै रहेको छ । पढाई सकेर स्कुलबाट घर आएर केहि गृहकार्य गरिसकेपछि उनले बाकिको समयमा टिभी हेर्ने र टिभी हेर्दै नाच्ने ,गाउने अनि अभिनय समेत गर्दै कलाकारिता तिर रुचि बढेको उनले बताएको छ । स्कुल जीवनमा समेत केहि कार्यक्रम हुदा स्टेज कार्यक्रममा भाग लिएर नाच्ने ,गाउने समेत गरेको र केहि कार्यक्रममा पुरस्कार र प्रसंसा समेत हासिल गरेको उनले बताउछन ।

घरको एक्लो छोरा अनि एक दिदिको भई र दुइ बहिनिको दाई समेत रहेका मदन निकै लजालु स्वभावका रहेका छन भने झट्ट हेर्दा उनि अहिलेका चलिरहेको चलचित्र " यात्रा " को लिड नायक सलिनमान बानिया झैँ देखिने मदन अहिले अहिले १२ कक्षाको परिक्षा दिएर केहि फुर्सदिलो समय बिताउने अनि केहि म्युजिक भिडियोमा अभिनय गर्ने शिलशिलामा काठमाडौँ आएको बताउछन । केहि समय अघि मात्र उनले आफ्नो जीवनकै पहिलो अभिनय अर्थात गायक सन्तोष जंग खत्रीको गीतमा मोडलिंग समेत गरिसकेका छन भने उक्त पहिलो अभिनय बाट उनले निकै राम्रो प्रतिक्रिया समेत पाएको छ । स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ ,बिराज भट्ट, महानायक राजेश हमाल र आर्यन सिग्देलको निकै ठुलो फ्यान समेत रहेका मदन पछि गएर भने चकलेटी हेरो अनमोल ,प्रदिप अनि सलिनमान बनिया जस्तै बन्ने रुचि रहेको खुलाउछन ।

परिवारमा आमा र दिदि बहिनिहरुको राम्रै साथ र सहयोग पाईरहेका नव मोडल मदनले बाबाको ईच्छा बिपरित रहेको बताउछन । बाबा एक निकै मेहनातिला कामदार रहेकाले बाबाले आफुलाई पनि पढे लेखेर पछि केहि ब्यापार बिजनेश गरोश भन्ने चाहना राखेको र यो मोडालिंग र कलाकारिता क्षेत्रमा रुचि नरहेको बताउछन मदन । आफ्नो  प्रेरणाको श्रोत नै आमा रहेको र आमाको साथ् बिना आफु अहिले यो स्थानमा र पछि पनि यहि क्षेत्रमा रहेर आफ्नो रुचि पुरा गर्न नसक्ने अनि भबिष्य पनि उज्ज्वल नरहला भन्ने उनको भनाइ रहेको छ । 

पढाई र करियरलाई एकै साथ अगाडि बढाइरहेका मदन  "दीन मै नसा "बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरे सँगै आफ्नो मोडलिङ यात्रा आरम्भ गरेका हुन् । यो क्षेत्रमा उनको आगमन सुरुवात रहेता पनि पछिल्लो समय म्युजिक भिडियोको सुटिङमा व्यस्त छन् र सलिनामान बानिया झैँ देखिने उनी  अवसर पाए ठुलो पर्दामा पनि हिरोको अभिनय गर्ने इच्छा रहेको बताउछन् । यस्तै यहि कलाकारितामा आफ्नो भबिष्य बनाउने सोच र बिचार रहेका मदन घर्ति गायक कमल के छेत्रीको ठुलो फ्यान रहेको बताउछन ।गायक कमलको सुपरहिट गीत : आइ लभ यु मार्फत उनि प्रति फ्यान रहेका मदन अवसर मिले कमल के छेत्री संग नि काम गर्ने मौका मिले आफुलाई भाग्यमानी सम्झने बताउछन र उनि यस क्षेत्रमा लागेसंगै पहिलो गीतको म्युजिक भिडियोमा राम्रो प्रतिक्रिया बटुलेको कारण लगतै पनि केहि म्युजिक भिडियोमा अभिनयको लागि प्रस्ताब आईरहेको र चाडै नै पुन अर्को म्युजिक भिडियोमा देखिने उनले जानकारी दिएका हुन् ।

पढाइ संग संगै अभिनय अनि घुमघाममा रुचि रहेका मदन जति धेरै चुनौतीहरु भएपनि त्यी चुनौतीहरु संग लड्दै, प्रविधिको बढ्दो विकास र प्रतिस्पर्धा लाइ अंगालेर निकै मिहेनत, आत्मबल, लगनशिलताले पक्कै अगाडी बढ्छु अनि सफल हुनेछु भन्ने अठोट समेत राख्दछन

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक / नव मोडल दिपेन्द्र सोनाम

  • २७ बैशाख, २०७६

सांगीतिक तथा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, संगीत, अभिनय र नृत्य

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि