सिन्धुपाल्चोककि अमितालाई पर्यो यस्तो बज्रपात , रुदै सहयोग माग्दै मिडियामा ...(भिडियो सहित)

करिब ५ महिनादेखि निरन्तर उपचारमा लागिरहेकी सिन्धुपाल्चोक घर भै अहिले काठमाडौँको नारायणटार कोठा भाडामा लिएर दैनिक जीवन चलाईरहेकी २३ बर्षीय बिरामी हुन् रमा ढकाल । कलिलै उमेरमा यति भयानक रोग संग लडिरहेकी रमालाइ गाउ घर तथा छर छिमेक र साथि भाईले अमित ढकाल समेत भनेर चिनिने गर्दछ । सिन्धुपाल्चोककै कमल पोखरेल संग कानुनी रुपमा नेपाली तथा हिन्दु संस्कृति परम्पराले बिबाह गरेकी रमा यतिबेला कलेजोको रोगले चिन्तित तथा बिरामी भएको छ । सामान्य परिवार ,अनि काठमाडौँको महंगी साथै सानोतिनो जीवन गुजारा मात्र गर्न सक्ने जागिरले आहिले रमा र उनको परिवारको बिचल्लित भएको छ । आफ्नो दुख सुनाई रहदा रमा आखा भरि आसु पर्दै नेपाली तथा हरेक मनकारी दाजु भाई तथा साथिहरु र आफन्तहरुलाई आफ्नो जीवन बचाईदिन सहयोगको लागि अपिल गरिरहेकी थिईन । श्रीमान पनि काठमाडौँमा ट्याक्सी चालक रहेको र स्वास्थ्य हुदा रमा पनि सहकारीमा काम गरिरहेको बताउछिन । अहिले स्वास्थ्य बिग्रेकोले काम गर्न गाह्रो अनि एक जनाको कमाईले उपचार,दैनिक जीवन र कोठाभाडा समेत तिरनी पर्दा निकै गाह्रो भएको उनले भन्छिन । 

रमा तथा अमिता ढकालले जानकारी दिए अनुसार उनको  कलोजको  आधा भाग बिग्रेको साथै रगत संचालन हुने दुबै नशा आधा आधा बन्द भएको छ  । उपचारको क्रममा उनि पुर्बी बिराटनगर देखि राजधानी काठमाडौँ सम्म धाईरहेकि छिन र अहिले उनि काठमाडौँकै अस्पतालमा आफ्नो स्वास्थ्य उपचार गराईरहेकि छिन । उनले बताए अनुसार उनलाई यो रोग लागेको मात्र ५ अघि मात्र थाह भएको हो । डाक्टरले बताए अनुसार यो रोग पहिला देखि नै लागिरहेको र अलिक धेरै नै भएपछी मात्र थाह पाएको बताउछन । रमाले भने अनुसार सानोमा उनलाई जन्डिस भएको र त्यहि जन्डिस अहिले सम्ममा करिब ५ चोटी भैसकेको उनको भनाई रहेको छ सोहि जन्डिसका कारण यो रोग लागेको समेत उनले जानकारी दिएको छ ।


बिबाह गरेपछि करिब ६ बर्ष देखि काठमाडौँ बस्दै आईरहेका यी जोडीलाइ एक्कासि यस्तो बज्रापात पर्यो । भएको ,जम्मा गरेको केहि भबिष्यको लागि सुरक्षित गरेको रकम पनि यहि उपचारमै सकेको रमा बताउछिन । बिरामी रमाका अनुसार उनको दैनिक अस्पताल र औषधिको खर्च मात्र ४ देखि ५ हजार समेत लाग्ने गरेको छ । बिरामी रमाले जानकरी दिए अनुसार उनको उपचार चाडो भन्दा चाडो हुन अत्ति आवश्यक रहेको छ । उपचारको लागि डाक्टरले यहि २ महिना भित्र नै ईन्डिया गैसक्नु पर्ने र साथमा उपचारको लागि करिब ३० देखि ३५ लाख सम्म साथमा लिनु पर्ने बताएको छ । साथमा  पैसा नभएको र सहयोगको समेत कहिँ कतै आफन्त र ईस्ट मित्रहरुबाट आश नरहेको कारण उनि आफ्नो जीवन बचाईदिन सम्पूर्ण नेपाली जनता तथा नेपाली दाजु भाई र दिदि बहिनिहरुमा सहयोगको हात फैलाउदै भन्छिन " मलाइ पनि बच्न मन छ , सानो अनि सुखी परिवार बनाइ जिन्दगि जिउने मन छ , गाउनमा निकै रुचि राख्दछु ,तपाईहरुको साथ र सहयोग पाए भने मा पनि दोहोरि गायिका बन्ने छु र जति पनि मनकारी व्यक्तिहरु हुनुन्छ जातिले पहिला पनि अरुलाई सहयोग गर्दै नया जीवन दिदै आईरहनु भएको छ त्यसै गरि मलाई पनि सहयोग गरि नया जीवन दिन हुन अनुरोध गर्छु "  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे