सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’द्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’मा ७२ जना डिजाइनहरु प्रतिस्र्धामा उत्रिएका थिए । प्रतियोगितामा सोनी श्रेष्ठ आफ्ना ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता बन्न सफल भइन् । उनले निर्णायक मण्डललाई ‘इम्प्रेस’ पार्दै उपाधि जित्न सफल भएकी हुन् । सोनीले उपाधिसहित नगद १५ हजार पनि प्राप्त गरिन् । ‘ड्रेस टु इम्प्रेस’ डिजाइनर कन्टेस्ट अन्य कार्यक्रमभन्दा भिन्न थियो ।

 

अन्य डिजाइनर कन्टेस्टमा डिजाइनरले तयार पारेका पहिरनमा मोडलहरु -याम्पमा प्रस्तुत हुने गरेका छन् । तर, ‘ड्रेस टु इम्प्रेस’ मा डिजाइनरहरु नै -याम्पमा उत्रिएका थिए । आफूले तयार पारेको पहिरनमा डिजाइनरहरु मोडलभन्दा कम देखिएन । डिजाइनहरु मोडल तथा कोरियोग्राफी विपना थापाको कोरियोग्राफीमा ¥याम्पमा उत्रिएका हुन् । आईआईएफटीमा ६ महिनाभन्दा बढी डिजाइनरको कोर्ष गरेका विद्यार्थीबीच ‘कन्टेस्ट’ गरिएको आयोजक संस्थाका निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।


कार्यक्रममा बरिष्ठ गायक लाक्पा शेर्पा, प्रवेशमान शाक्य, गायिका विष्णु चेम्जोङलगायतले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै, प्रतियोगितामा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप श्वेता शाक्य र सराह बानियाँ भए । शाक्य र बानियाँले पनि क्रमशः १० र ८ हजार नगद पुरस्कार पाए । उनीहरुका लागि फेसन डिजाइनर विश्व गौतम, हेयर स्टाइलिस्ट निल डेभिड कटवाल, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, डिजाइनर राजु सुवाललगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै