गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ ।

गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीति सङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीति सङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा’, ‘शितल हिमाली हावा’ ‘साथी नै चाहिँदा’, ‘शिर शिर सिरीरी’ लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ भने एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन् । म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै