११औं संस्करणको डी सिने अवार्ड सम्पन्न

डी सिने अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड २०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्जा–३ले चुमेको छ । यही चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भएकी छन् । २०७५ सालमा प्रदर्शनमा आएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए । जसमध्ये विभिन्न ३० बिधामा यो अवार्ड प्रदान गरिएको थियो ।

यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत तीन दशकदेखि रङ्ग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका थिए । छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।- सहित प्रमाणपत्र दोसल्लाको सम्मान रहेको थियो भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६मा प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु. १११११।- सहित प्रमाण–पत्र एवम् दोसल्ला सम्मान गरिएको थियो ।

अवार्ड सामारोहमा यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको थियो । साथै छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मूलत चलचित्र पार्श्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवम् अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिएको थियो ।


डी सिने अवार्ड चुम्न सफलहुनेहरुः-

उत्कृष्ट पाश्र्वसङ्गीत – जैसन कुवर, प्रवेश मल्लिक – (भोर), 
उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह – (डमरुको डण्डीवीयो),
 उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ – फूल होईन (रोज), 
उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा-३), 
उत्कृष्ट गायक – डेविड शंकर -पहिलो नम्बरमा (छक्का पञ्जा-३),
 उत्कृष्ट चलचित्र लोक सङ्गीत सङ्गीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा-३), 
उत्कृष्ट सङ्गीतकार – एलिस कार्की – फूल होइन माया (रोज), 
उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले),
 उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी)
उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी. – (यात्रा अ म्यूजिकल भ्लग),
 उत्कृष्ट बालकलाकार – एञ्जल राई – (हैरान),
 उत्कृष्ट हाँस्य कलाकार – केदार घिमिरे – (छक्का पञ्जा -३), 
उत्कृष्ट खलपात्र – माओत्से गुरुङ – (चङ्गा चेट), उत्कृष्ट कथा – दीपेन्द्र लामा- (गोपी) , 
उत्कृष्ट पटकथा – यात्रा अ म्यूजि -सम्राट शाक्य, 
उत्कृष्ट संवाद – शुशिल पौडेल- प्रसाद, नव नायिका – सुहाना थापा- ए मेरो हजुर –३,
 उत्कृष्ट नव नायक – घिरज मगर- इन्टुमिन्टु लण्डनमा, 
उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य – यात्रा अ म्यूजिकल भ्लग, 
उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी- छक्का पञ्जा –३, 
उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल – क्याप्टेन, 
उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा – समर लभ,
 उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत -यात्रा अ म्यूजिकल भ्लग,
 उत्कृष्ट छायाँकार – सञ्जय लामा- ए मेरो हजुर –३, 
उत्कृष्ट सम्पादक – विपिन मल्ल- छक्का पञ्जा –३,
 उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ – प्रसाद, 
उत्कृष्ट अभिनेता – सलिनमान बानिया – यात्रा अम्यूजिकल भ्लग, 
उत्कृष्ट निर्देशक – दीपाश्री निरौला – छक्का पञ्जा –३, 
उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर-३ – सुहाना इन्टरटेनमेन्ट,
 क्रिटिक्स​ अवार्ड​ – यात्रा अ म्युजिकल​ भ्ल​ग​,
 जुरि अवार्ड​ – ड​म​रुको ड​न्डिबियो, 
ईन्करेज​मेन्ट​ अवार्ड​ – सुकुल​गुण्डा, 
उत्कृष्ट चलचित्र – छक्का पञ्जा – ३ – आमा सरस्वती मुभिज

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ