फेसबुकमा भिडियो च्याट एप बन्द गर्ने भएको छ ।

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

 

फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’ मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् । फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।
एजेन्सी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

  • ९ जेठ, २०७६

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि

भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि १ महिनाको तलब दिने घोषणा

  • ९ जेठ, २०७६

भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

  • ९ जेठ, २०७६

एजेन्सी– मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच