नेपालको प्रथम ३ नायिकाहरुको ‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई सहयोग

नेपालमा निर्माण भएको  पहिलो चलचित्र" आमा " बाट नायिकाको  रुपमा नेपाली चलचित्र  क्षेत्रमा भित्रिएका तीन नायिकाहरुले प्रदान गर्ने २०७६ को हरिश भुवन चन्द पुरस्कार, चैत्यदेवी सिंह पुरस्कार र चेतनारायण बसुन्धरा भुषाल पुरस्कार नेपाल चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई हस्तान्तरण गरिने भएको छ ।

भुवन चैत्य बसुन्धरा फाउण्डेशनको कार्यसमिति बैठकमा उक्त निर्णय गरेको हो । हरिश भुवन चन्द पुरस्कार रु.५१०००।–, चैत्यदेवी सिंह पुरस्कार रु.५१०००।– र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार रु.५१०००।– प्राप्त हुँदैछ । भुवन चैत्य बसुन्धरा फाउण्डेशन मार्फत रु.१,५३,०००।– हजार चलचित्र कल्याण कोषमा जम्मा गरिने भएको हो । यो पुरस्कार र ताम्रपत्र जेठ २२ गते एउटा विशेष समारोहको आयोजना गरी हस्तान्तरण गरिने आयोजक संस्थाले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सह–सचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुष्कर लामा), अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल, शिला चन्द रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त