गायक / नव मोडल दिपेन्द्र सोनाम

सांगीतिक तथा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, संगीत, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन् ।


मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो l वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र  मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम नब मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन् ।

यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेका हुन नब मोडल गायक दिपेन्द्र सोनाम । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गित समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा ब्यबसायी समेत हुन् ।

उनी भन्छन - मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताउछन । राम्रो अबसरको खोजीमा रहेका दिपेन्द्र म्युजिक भिडियो, एड तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा छन् भने यहि क्षेत्रलाइ करियर बनाएर अगाढी बढ्ने लक्ष्य लिएका छन् । हाम्रो तर्फ बाट पनि उनलाई हार्दिक सफलताको शुभकामना ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव मोडल मदन घर्ति

  • ५ बैशाख, २०७६

पछिल्लो समय अभिनय तथा कलाकारिता क्षेत्रमा निकै व्यक्तिहरुको रुचि बढ़दै गईरहेको छ । सामान्यतया पढाई संगसंगै खेल,शिप अनि अनि विभिन्न क्षेत्रमा विभिन्न

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि