‘कुम्भ करण’ को ट्रेलर रिलिज ...(भिडियो सहित )

जेठ १७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक  ट्रेलरमा नायक गौरव पहरी, भोलाराज सापकोटा र अभय बरालको साथै नायिका निशा अधिकारीलाई फिचर गरिएको छ भने यस ट्रेलरमा देखाईए अनुसार गौरव ,भोलाराज र अभय नायिका  निशाको पछि परेको देखाइएको छ र नायिका निशा र गौरव शिक्षक अनि शिक्षिकाको रुपमा प्रस्तुत भएको छ  । करिब २ बर्ष अघि नै निर्माण भएको चलचित्र ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरि कलाकार र पत्रकार बीच  रिलिज गरियो भने कार्यक्रममा र गौरव पहरी,भोराज सापकोटा,अभय बराल  उपस्थित रहेका थिए । 

आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्रको दुइ अफिसियल पोस्टर केहि दिन अघि मात्र सार्वजनिक गरिएको थियो भने करिब दुइ बर्ष अघिनै चलचित्रमा समाबेश " कुटु कुटु " बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दिपक ओलीको निर्देशन रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन ।

चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ । चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय  बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ ।  चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले  वितरण गर्ने भएको छ ।  


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका