कलेज कलेजमा " कुम्भ करण " को प्रचार प्रसार

आउदो जेस्ठ १७ गतेको लागि प्रदर्शन मिति तय गरिएको चलचित्र " कुम्भ करण " आफ्नो चलचित्र प्रचार प्रसार आजबाट शुरु गरेको छ । चलचित्रको कथामा नै मुख्य नायक र नायिका कलेजको शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको छ  । आज बिहान १० बजे तिर डिल्लीबजारमा रहेको ट्रिनिटी कलेजबाट बिध्यार्थीहारुलाई चलचित्रको केहि पोस्टर दिएर चलचित्रको प्रचार प्रसार शुरु गरेको छ  । यस कार्यक्रममा चलचित्रको कलाकारमा भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र निर्देशक दिपक ओली उपस्थित थिए भने नायक गौरब पहरी भने देखिएको थिएन  ।

केहि दिन अघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक भैसकेको यस चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय  बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ भने गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्र सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन । चलचित्रलाइ पक ओलीको निर्देशन गरेको हो भने चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले  वितरण गर्ने भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक