हो "बिर बिक्रम २" मेरो अन्तिम चलचित्र हो ।.... (भिडियो सहित )

प्रदर्शनको तयारीमा रहेको चलचित्र " बिरबिक्रम २ " को निर्माता तथा निर्देशक मिलन चाम्सले केहि दिन अघि एउटा स्टाटस पोस्ट गरेका थिए जसमा लेखिएको थियो " बिर बिक्रम २ मेरो अन्तिम चलचित्र हो " । बारम्बार चलचित्रकै कुराले चर्चामा आईरहेने व्यक्ति हुन् मिलन चाम्स । कहिले चलचित्रबाट सन्यास लिने कुरा होस् या कहिले अबको ३ बर्ष पछि चलचित्र क्षेत्रबाट अलग हुन्छु भन्ने कुरा होस् तर यस पटक भने चलचित्र प्रदर्शनको निकै नजिक रहदा उनले पोस्ट गरेको स्टाटसले अझ बजारमा निकै चर्चा पाएको छ । यहि अन्तिम चलचित्रकै बिषयमा र चलचित्र बिर बिक्रम २ को प्रदर्शनको तयारीको बिषयमा केहि छोटो र आवश्यक कुरा कुराकानी गर्दै जादा उने  उक्त " चलचित्र बिरबिक्रम २ मेरो अन्तिम चलचित्र हो " भन्ने कुरालाई प्रस्ट परेका छन । हेर्नुहोस भिडियोमा कुरा जस्ताको तस्तै ।

यहि आउदै गरेको जेष्ठ ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र " बिरबिक्रम २ " मा  पल शाह ,वर्षा सिवाकोटी , नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने बुद्धि तामाङ पहिलो पटक यस चलचित्रमा भिलेनको रुपमा  देखिँदै छन् । 

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र " बिर बिक्रम २ " मा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको यस चलचित्रको  कार्यकारी निर्मातामा  अर्पण सापकोटा रहेको छ भने रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । 

यस चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । दुइ गीत अनि ट्रेलर समेत रिलिज गरि सार्वजनिक गरिसकेको चलचित्रले रिलोज अगावै निकै प्रसंसा र चर्चा पाईसकेको छ भने अझ नेपालमै चलिआएको चलचित्रको प्रिमियर अर्थात् " रेड कार्पेट " भनेर गरिने चलनलाइ तोड्दै पहिलो पटक नै चलचित्रको निर्देशकले " पर्पल कार्पेट " मा चलचित्रको प्रिमियर गर्ने कुराले झन् चर्चामा रहेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कस्तो पिडा यी आमाछोरीको,छोराको टाउकोको आधा खोपडी नै छैन र बुबापनि कठै... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

एक घर परिवार बिना अधुरो हुन्छ र एक परिवार सन्तान बिना अपुरो हुन्छ । यस्तैमा पुर्व सप्तरीका  २४ बर्षिय बिबेक राईको गत बैशाख २२ गते दुर्घटना परेको छ र

डाक्टरको लापरबाहीले थापाथती प्रसुति गृहमा आमा र शिशुको मृत्यु ..(भिडियो सहित )

  • २ श्रावण, २०७६

काठमाडौँ थापाथली अस्पताल भन्ने बितिकै जसले पनि पहिलो बुझाई प्रसुति गृह मानिन्छ । जहाँ महिला बिरामीको तथा गर्भवतीहरुको उपचार तथा सुरक्षित अस्पतालको

अन्तत:सरस्वतीकै जित भयो र सबै आरोप झुटो .. (भिडियो सहित )

  • २४ असार, २०७६

केहि महिना,हप्ता र देखि देखि सामाजिक संजाल फेशबुक तथा युट्य़ुबमा निकै चर्चामा रहेकी नेपालकि चेली अर्थात् एक नेपाल र नेपाली भनि चिनाउने रक तथा मेलोडी