काठमाडौं मलमा ‘लेडी डन’को आतंक..

दैनिक नेपालबाट साभार

 द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले आफ्नो पदीय दायित्व र हैसियत विपरितका गतिविधि गर्दा काठमाडौं मलका व्यापारी, आफन्त तथा साथीभाईहरू आजित बनेका छन् । कर्मचारी सञ्चय कोषको काठमाडौं मलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको साझा संस्थाकी अध्यक्ष महराले फेसियल हाउस चलाउँदै आएकी छिन् । उनको पसल चौथो तलामा छ ।

फेसियल हाउसमा आफ्नै व्यावसायिक पूर्वपाटर्नर प्रकाशकुमार श्रेष्ठसँगको विवादपछि महराले आफूलाई मिडियावाजी गर्दै आएकी छिन् । आफूलाई चित्त बुझेन भने ‘राजनीतिक र प्रशासनिक पावर’ लगाएर विरोधीहरूलाई तह लगाउने गरेको आरोप छ । महराको सामाजिक सञ्जाल फेसबुकमा विरोधीहरूका विरुद्ध जथाभावी लेखिएका कुराहरूले भरिएका छन् ।
उनले विशेष गरेर प्रकाशकुमार, कर्मचारी सञ्चय कोषका कर्मचारी र जनसेवा प्रहरीलाई आफ्नो निशाना बनाउने गरेकी छिन् । त्यति मात्रै होइन उनले प्रकाशकुमारलाई कारबाही नगरेको अभियोग लगाउँदै प्रहरीलाई समेत बाँकी छाडेकी छैनिन् ।

जनसेवा प्रहरीका प्रमुख डिएसपी बासुदेव खतिवडा र निरीक्षक भीम सिलवालसहितका प्रहरीहरूलाई काठमाडौं मलबाट मासिक दश लाख घुस लिने गरेको देखि आफ्नो हत्या योजना बनाएको आक्षेप लगाउँदै आएकी छिन् । अध्यक्ष महराको यो सबै गतिविधि र क्रियाकलापमा उनका पती एवम् समितिका सल्लाहकार उज्वल जंग शाहले साथ दिँदै आएका छन् । अध्यक्ष महराले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नै नभएको ‘सिधा कुरा टिभी’ नामक युट्युब च्यानल र नेपाल प्रेस काउन्सिलमा दर्ता नै नरहेको ‘ओएसब्रेक डटकम’ नामक अनलाइनमार्फत आफ्ना विरोधीहरूविरुद्ध जथाभावी बोल्ने र समाचार लेखाउँदै आएकी छिन् । कुनै पनि सरकारी निकायमा दर्ता नै नभएका सञ्चारमाध्यममा विना प्रमाण आरोपहरू लगाएर चरित्र हत्या गर्दा अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको व्यवसायीले आफ्नो गरिमालाई ख्याल नगरेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

यस विषयमा पीडितले उजुरी दिएमा कानूनअनुसार साइबर क्राइमको मुद्धा चल्ने सर्वोच्च अदालतमा बसह गर्दै आएका कानून व्यवासयी शिव अर्यालले बताएका छन् । ‘दर्ता नै नभएको मिडियामा समाचार आएको विषयमा पीडितले साइबर क्राइमको मुद्धा चलायो भने पहिला त्यो समाचार लेख्ने र अन्तर्वार्ता लिने सञ्चारकर्मी फस्छ’, उनले भने, ‘त्यसपछि आरोप लगाएर चरित्र हत्या गर्ने र गराउनेलाई कारबाही हुन्छ ।’

हुन त अध्यक्ष महराले काठमाडौं मलभित्र रहेको भ्रष्टाचारका बारेमा आफूले कुरा उठाउँदा हरेक क्षेत्रबाट प्रहार हुने गरेको दाबी गर्छिन् । उनले मलभित्रको भ्रष्टाचारको फाइल आफूसँग रहेको बताइन् । ती फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने प्रतिक्रिया दिएकी छिन् । दैनिक नेपालसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘मैले काठमाडौं मलभित्रको भ्रष्टाचारको कुरा उठाएको छु । अख्तियारसहितका निकायमा प्रमाणसहितको फाइल बुझाउँदै छु । मलाई हत्या गर्ने योजना बनाइयो ।’

आफ्नै पूर्व व्यापारिक साझेदार प्रकाशकुमार श्रेष्ठसँगको विवादका बारेमा उनले भनिन्, ‘उनीहरूले मलाई ज्यान मार्न खोजे । प्रहरीले पैसा खाएर मलाई मार्न खोज्यो ।’ तर, व्यापारी प्रकाशकुमार श्रेष्ठले महराको आरोपको सिधै खण्डन गर्छन् । उनी भन्छन्, ‘हाम्रा ग्राहकलाई असर पर्ने गरेर प्रत्येक दिन खुर्सानी बालेर आतंक फैलाउने । झैझगडा गर्ने । मिडियावाजी गरेर हाम्रो चरित्र हत्या गर्ने । अनि हामीलाई नै आरोप लगाउने ?’ अध्यक्ष महरा र उनका श्रीमान् शाहको कुटाइबाट आफ्नी पत्नी रश्मिला श्रेष्ठ घाइते भएको उनले बताए ।

तपाई काठमाडौं मलको अध्यक्ष पदमा हुनुहुन्छ, व्यापारीहरूसँगको विवाद मिलाउन पहल गर्नुपर्दैन ? भनेर सोधिएको प्रश्नको जवाफमा महराले भनिन्, ‘पहल गर्दा मैले पैसा तिर्नु परेको छ ।’ महरासँगको विवादका बारेमा व्यापारी श्रेष्ठले आफू अत्यन्तै पीडित भएको बताए । ‘मेरो पसल र उहाँको पसल सँगसँगै छ । उहाँले मेरो पसललाई असर पर्ने गरेर खुर्सानीको धुँवा बाल्नु भयो । त्यसपछि झन् विवादले उग्ररुप लियो ।’ अध्यक्ष महराको गतिविधि र क्रियाकलापबाट आफू अत्यन्तै पीडित बनेको श्रेष्ठले बताए । महराबाट व्यापारी, प्रहरी र कर्मचारी सञ्चय कोषका कर्मचारीहरू आजित बनेका छन् । स–साना कुरामा पनि प्रहरी बोलाएर महराले आतंक फैलाउने गरेकी छिन् ।

त्यति मात्रै होइन अध्यक्ष महराले सामाजिक सञ्जालबाट आफ्नो मानमर्दन र चरित्र हत्या गरेपछि उनले न्यायका लागि जिल्ला अदालत काठमाडौंमा भरखरै मुद्धा पनि दर्ता गराएका छन् । उनले मुद्धा अदालतमा पुगेको भन्दै अध्यक्ष महराविरुद्ध धेरै केही भनेनन् । वैशाख ३ गते अध्यक्ष महराले श्रेष्ठलाई असर पर्ने गरेर राति खुर्सानीको धुँवा बालिदिएपछि कुटाकुटको अवस्था सिर्जना भएको थियो । प्रहरी आएर विवाद मिलाउनु परेको थियो । सो घटनामा महराका पति उज्वलजंग शाहले नजिकै रहेको पसलबाट कुर्सी ल्याएर प्रकाशकुमार श्रेष्ठकी पत्नी रश्मिला श्रेष्ठको टाउकोमा प्रहार गर्न खोजेका थिए । प्रकाशकुमारले पत्नीलाई कर्सीको प्रहारबाट बचाएको बताएका छन् ।

व्यवसायी श्रेष्ठ, जनसेवाका प्रहरी प्रमुख डिएसपी बासुदेव खतिवडा, निरीक्षक भीम सिलवालसहितका व्यक्तिविरुद्ध अध्यक्ष महराले युट्युबमा अन्तर्वार्ता दिएर सामाजिक सञ्जाल ‘फेसियल हाउस’को फेसबुक पेजबाट बुस्ट समेत गरेकी छिन् ।

जनसेवा प्रहरीका प्रमुख डिएसपी बासुदेव खतिवडाले आफूलाई अध्यक्ष महराले लगाएका आरोपहरू सबै निराधार र झुठ्ठा रहेको बताए । ‘हामी जनताको सेवा गर्न बसेका हौँ । कसैलाई मार्नका लागि पैसा लिएर योजना प्रहरीले बनाउँदैन’, उनले भने, ‘काठमाडौं मलबाट मासिक दश लाख घुस जनसेवा प्रहरीले लिने गरेको आरोप उहाँले लगाउनु भएको छ । जिम्मेवार पदमा बसेको व्यक्तिले यसको पुष्टि गर्नुपर्छ । होइन भने हावादारी कुरा गर्नेलाई के सजाय हुन्छ उहाँ राम्रोसँग जानकार हुनुहुन्छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।’ त्यति मात्रै होइन अध्यक्ष महराले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएकी छिन् । अध्यक्ष महराको आरोपका विषयमा कर्मचारी सञ्चय कोष, भवन विभाग ललितपुरका प्रमुख भरत वस्तीले टिप्पणी गर्न मानेनन् । ‘कसले के भनेको छ हामीलाई थाहा भएन । कसैसँग प्रमाण छ भने कानूनी निकाय छ । जान सकिन्छ’, उनले भने, ‘गलत काम कर्मचारीहरूबाट भएको छैन ।’

काठमाडौं मलको आसपासमा टहरा बनाएर बसेका व्यापारीहरूसँग दश–दश हजार उठाएर उनले जिल्ला अदालत काठमाडौंमा मुद्धा समेत लडेकी थिइन् । तर, अदालतले टहरा बनाउन नपाइने भनेर मुद्धा हराइदिएको छ । मुद्धा हारेपछि महरा झन् दादागिरि शैलीमा उत्रिएको आरोप छ । महराकै कारण यसअघिको समितिका अध्यक्ष समिर खान बिरामी नै भएको चर्चा काठमाडौं मलमा छ । खानलाई प्यारालाइसिस भएको छ । महराले खानलाई रकम हिनामिनाको अभियोग लगाएर मानमर्दन गरेको आरोप खानको छ । काठमाडौं मलमा राजनीति गर्ने थलो बनाएकी अध्यक्ष महराको कार्यसमितिबाट यसअघि नै ९ जनाले अहसमित जनाएर राजीनामा समेत दिइसकेका छन् । अध्यक्ष महराले काठमाडौं मलभित्र मच्चाएको आतंकलाई व्यापारीहरूले गुण्डागर्दी र डनको शैलीको आरोप लगाएका छन् ।

(अध्यक्ष महराले काठमाडौं मलमा मच्चाएको आतंकका बारेमा निरन्तर समाचार दिने छौँ)

समाचार : दैनिक नेपालबाट साभार 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल नेटबल संघको आयोजनामा 'दक्षिण एसियाली नेटबल च्याम्यिनसिप' हुँदै

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल

छायांकनमा लघु चलचित्र ‘सल्युट’..

  • ३१ भदौ, २०७६

चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु चलचित्र ‘सल्युट’ बन्ने भएको छ । गत शुक्रबार शुभमुहूर्त गरिएको

बिन्दु बिक बचाउ अभियानमा गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराको सहयोग

  • २९ भदौ, २०७६

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा