चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण घोषणा..

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा तयार हुन लागेको तथा रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रिय भूमिकामा रहनेछन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कर्मा थपिएका छन् । यस्तै, चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल, कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ ।

 

चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रका एक्टिङ कोच अनुप बराल हुन् । स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्नेछ । चलचित्र जेठको ५ गतेबाट छायाँकनमा जान लागेको रभदौदेखि तिहारसम्म जुनसुकै बेला पनि रिलिज गर्ने निर्माणपक्षको योजना छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो