ट्रिनिटियन्सको हात हातमा कुम्भ करणको पोस्टर ...(भिडियो सहित )

आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ” कुम्भ करण ” को प्रचार प्रसार तिब्र पारीएको छ । यहि आउदो जेस्ठ १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको कथामा नै मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको हो । आजको कार्यक्रममा कलाकार अभय राज बराल र चलचित्रका प्राचार प्रसार संयोजक आशिष कोइराला सहभागी थिए । 

केहि दिन अघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक भैसकेको छ । ट्रेलरले राम्रै प्रतिक्रिया पाएको टिमको भनाइ रहेको छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ भने  चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्दैछन ।

चलचित्रमा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन । कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि समेत रहेकी छन । चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका