गायिका टीका प्रसाईंको ‘तिमी साथ भएपछि’ गजल सार्वजनिक... (भिडियो सहित )

 चर्चित गजलकार सुरेश वाग्लेले रचना गरेको गजल " तिमि साथ भएपछि " को भीडीयो सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेले करिब १ बर्ष अगि सार्वजनिक गरिएको गजल एल्बम " तिमि साथ भएपछि " यो शिर्ष गजल रहेको छ भने यस अघि पनि यस गजलको म्युजिक भिडियो सार्वजनिक गरिसकेको छ भने उक्त भिडियोमा चर्चित जोडी पल शाह र आचल शर्माको अभिनय रहेको थियो र गजल गएका थिए नेपाल आईडल सिजन १ को बिजेता बुद्ध लामाले । 

यस पटक भने चर्चित अनि सफल गायिका टिका प्रसाईंको आवाजमा सजिएर यस गजलको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक यस गजलमा गायिका टिका प्रसाईको आवाज ,गजलकार सुरेश वाग्लेको रचना अनि संगीतकार हरि लम्सालको संगीत रहेको छ । यस गजललाइ एरेन्ज भने गोपाल रसाइलीले गरेका छन ।

बुद्ध लामाकै स्वरमा सजिएर आंचल शर्मा र पल शाहको अभिनयमै सजिएर निकै चर्चामा रहिसकेको यस गजलको यस पटकको भिडियोमा पहिलाकै भिडियोको केहि अंशहरु र गायिका टिका प्रसाईको केहि दृश्यहरुले भिडियो तयार गरिएको छ भने सुरेश बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाकन र निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोलाई  निर्देशन भने अर्जुन अधिकारिले गरेका हुन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका