पर्पल कार्पेट प्रिमियर शो मा बधाई नै बधाई चलचित्र " बिर बिक्रम २ " टिमलाइ ।

प्रतिक्षारत चलचित्र " बिर बिक्रम २ " को रोयल अर्थात् पर्पल कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । हिजो जेस्ठ १ गते बुधबारको दिन राजधानीमा रहेको कुमारी हलमा यस पर्पल कार्पेटको प्रिनियर गरिएको छ भने कार्यक्रम सेटलाइ पुरै मेहनतले रोयल कलर अर्थात् निलो रंगको कार्पेट ओछएर सजाईएको  थियो । कार्यकममा ब्याण्डबाजा समेत ल्याईएको थियो भने निर्देशक तथा निर्माता मिलन चाम्सले पर्पल कलरलै फुल र खडा ओढाईदिएर त्यहाँ आउने पाहुना तथा कलाकारहरुलाई स्वागत गरिरहेका थिए । साथै स्वागत हुदा ब्याण्डबाजा समेत बजाईएको थियो ।

उक्त पर्पल कार्पेट प्रिमियरमा थुप्रै कालाकारहरु तथा आफन्तजनहरुको उपस्तिथी रहेको थियो भने कलाकारहरु मध्ये,गायक प्रमोद खरेल,कुञ्जना घिमिरे,प्रशान्त ताम्राकार,सन्दिप छेत्री ,शिल्पा मास्के,शिव श्रेष्ठ,भुवन केसी,पुजा शर्मा,तेरिया मगर लगायतका थुप्रै कलाकारहरुको उपस्तिथी रहेको र सम्पूर्ण हेर्ने जतीले चलचित्र उत्कृस्ट अनि मन स्पर्सि बनेको बताईएको छ । चलचित्र बास्तवमै निकै राम्रो बनेको छ । परिवार माहोलमा पनि बसेर हेर्न मिल्ने,नेपाली समाजमा घटेका घटना ,मित्रता प्रतिको प्रेम अनि बिस्वासलाइ मुख्य धार बनाएर यस चलचित्र तयार गरिएको छ भने चलचित्र हेर्ने जति सम्पूर्णले  चलचित्र राम्रो भन्दै सफलताको समेत शुभकामना दिएका छन ।

चलचित्र जेस्ठ १ गते प्रिमियर गरेता पनि चलचित्र भने यहि जेस्ठ ३ गते शुक्रबारबाट अल नेपाल एकैसाथ प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको यस चलचित्रको  कार्यकारी निर्मातामा  अर्पण सापकोटा रहेको छ भने रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । यस चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

 

चलचित्रमा पल शाह ,वर्षा सिवाकोटी , नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने बुद्धि तामाङ पहिलो पटक यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो