बिरबिक्रम २ को पर्पलकार्पेट प्रिमियरमा यस्तो सम्म भयो , पुन बधाईको पत्र बने मिलन चाम्स..(भिडियो सहित )

चलचित्र " बिर बिक्रम २ " को रोयल अर्थात् पर्पल कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । हिजो जेस्ठ १ गते बुधबारको दिन राजधानीमा रहेको कुमारी हलमा यस पर्पल कार्पेटको प्रिनियर गरिएको छ भने कार्यक्रम सेटलाइ पुरै मेहनतले रोयल कलर अर्थात् निलो रंगको कार्पेट ओछएर सजाईएको  थियो । कार्यक्रममा ब्याण्डबाजा समेत ल्याईएको थियो भने निर्देशक तथा निर्माता मिलन चाम्सले पर्पल कलरलै फुल र खडा ओढाईदिएर त्यहाँ आउने पाहुना तथा कलाकारहरुलाई स्वागत गरिरहेका थिए  साथै स्वागत हुदा ब्याण्डबाजा समेत बजाईएको थियो ।

उक्त पर्पल कार्पेट प्रिमियरमा थुप्रै कालाकारहरु तथा आफन्तजनहरुको उपस्तिथी रहेको थियो भने कलाकारहरु मध्ये,गायक प्रमोद खरेल,कुञ्जना घिमिरे,प्रशान्त ताम्राकार,सन्दिप छेत्री ,शिल्पा मास्के,शिव श्रेष्ठ,भुवन केसी,पुजा शर्मा,तेरिया मगर लगायतका थुप्रै कलाकारहरुको उपस्तिथी रहेको र सम्पूर्ण हेर्ने जतीले चलचित्र उत्कृस्ट अनि मन स्पर्सि बनेको बताईएको छ ।

चलचित्र बास्तवमै निकै राम्रो बनेको छ । पारिवारिक माहोलमा पनि बसेर हेर्न मिल्ने,नेपाली समाजमा घटेका घटना ,मित्रता प्रतिको प्रेम अनि बिस्वासलाइ मुख्य धार बनाएर यस चलचित्र तयार गरिएको छ भने चलचित्र हेर्ने जति सम्पूर्णले  चलचित्र राम्रो भन्दै सफलताको समेत शुभकामना दिएका छन । चलचित्र जेस्ठ १ गते प्रिमियर गरेता पनि चलचित्र भने यहि जेस्ठ ३ गते शुक्रबारबाट अल नेपाल एकैसाथ प्रदर्शनमा आउने भएको छ ।यस चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको यस चलचित्रको  कार्यकारी निर्मातामा  अर्पण सापकोटा रहेको छ भने रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । यस चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह ,वर्षा सिवाकोटी , नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने बुद्धि तामाङ पहिलो पटक यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन् ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

"कुम्भ करण "को टिमले कलेजमा खेलाउदै फुत्सल,खेलमा बिद्यार्थी ,कलाकार र पत्रकारको प्रतिस्प्रधा हुने ।

  • ११ जेठ, २०७६

यहि आउने शुक्रबार अर्थात् जेस्ठ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र "कुम्भ करण " टिमले फुत्सल खेल गर्ने भएको छ । फुत्सल खेल भोलि अर्थात्

षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

  • ६ जेठ, २०७६

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको

जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ " (भिडियो सहित )

  • ४ जेठ, २०७६

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै