सन्नी र सुमी अभिनित " सरौतो "को प्रदर्शन मिति सार्वजनिक

विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग चलचित्र एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको रिभेन्जको कथामा आधारित  एक्सन जनराको चलचित्र ‘सरौतो’ आउँदो असोज ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको टिमले पोस्टर सहित रिलिज मिति सार्वजनिक गरेको छ । चलचित्रलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले डेब्यु निर्देशन गरेका छन भने चलचित्रमा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।


चलचित्रमा राजन राज शिवाकोटी, पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेकोछ । ‘सरौतो’ मा निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य निर्देशन , प्रविन मानन्धरको कलर, भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् । सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहेकोछ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक