हत्या भएको अञ्जनाको श्रीमान प्रज्ज्वल महत बोले हत्याबारे... (भिडियो सहित )

अहिले ललितपुर महानगरपालिकाको ढोलाहिटीमा भएको जेठाजुद्वारा बुहारीको हत्या प्रकरण निकै चर्चामा रहेको छ। यो प्रकरण मिडिया देखि सामाजिक संजाल सम्म निकै चर्चा चलिरहेको छ भने यस हत्या प्रकरण को अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । ललितपुर महानगरपालिका९२६ ढोलाहिटी मा गत हप्ता आफ्नै घरमा २५ वर्षीया अञ्जना लामा महतको जेठाजु उज्वल महतले खुकुरी प्रहार गरी हत्या गरेका थिए । आफ्नै जेठाजुले बुहारीको हत्या किन गरे भन्ने बारे अहिले अनुसन्धान भइरहेको छ।  हत्या गरिएकी अञ्जनाका श्रीमान प्रज्जवल महतले केहि दिन अगाडी सामाजिक संजाल मार्फत श्रीमतीको चिर शान्तिको कामना गर्दै आफ्नो पिडा पोखेका छन्।

उनले फेसबुकमा लेख्छन् –" केही दिन अगाडी भएको अप्रत्याशित घटनाले मेरो जीवनमा ठुलो भुँइच्यालो ल्याएको छ र म पूरै स्तब्ध छु। मैले सामाजिक संजालहरु हेर्न पनि सकेको छैन। सबैमा उही एउटै कुरा मात्र थियो र मिडियाहरुलाई पनि म अनुरोध गर्छुकी जथाभावी समाचार नबनाउनु होला, सत्य तथ्य मात्रै बुझेर लेख्नु होला। यो सबै घटनाको अनुसन्धान भैरहेको छ र दोषी माथी कारवाही पनि हुन्छ र अपराधीलाई कडा भन्दा कडा सजाय होस् पनि भन्छु । केही गरि यसमा कसैको मिलेमत्तो छ भने त्यसमा पनि कारवाही हुन्छ । त्यसैले सबै जना आफैँ न्यायाधीश नबन्नु होला । अहिले हामी यस्तो दुखको घडीमा छौँ । म लगायत मेरो परिवार र मेरो ससुराली परिवार पनि।मेरो बुढीको आत्माले स्वर्गमा बास पाओस् साथै न्याय पनि ,धेरै माया र तिमीलाई जहिले पनि माया गरिरहनेछु बुढी ।" 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

"कुम्भ करण "को टिमले कलेजमा खेलाउदै फुत्सल,खेलमा बिद्यार्थी ,कलाकार र पत्रकारको प्रतिस्प्रधा हुने ।

  • ११ जेठ, २०७६

यहि आउने शुक्रबार अर्थात् जेस्ठ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र "कुम्भ करण " टिमले फुत्सल खेल गर्ने भएको छ । फुत्सल खेल भोलि अर्थात्

षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

  • ६ जेठ, २०७६

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको

जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ " (भिडियो सहित )

  • ४ जेठ, २०७६

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै