जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ "

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै चलचित्र यतिबेला विभिन्न सिनेमाघरहरुमा हाउसफुल भै प्रदर्शन भैरहेको छ । चलचित्रले गत १ गते बुधबार राजधानीको कुमारी सिनेमाघरमा रोयल अर्थात् पर्पल कार्पेट प्रिमियर गरेको थियो भने प्रिमियरमा चलचित्रको टिमले चलचित्र हेर्न आएका कलाकारहरुबाट बिके राम्रो प्रतिक्रिया र बधाई समेत पाएको थियो भने अहिले पनि सिनेमाघरहरुबाट दर्शकको निकै राम्रो प्रतिक्रिया र साथ पाईरहेको छ । जताततै हाउसपुस र प्रसंसा बटुलिरहेको यस चलचित्र बास्तबमै भन्ने हो भने निकै उत्कृत बनेको छ र यस चलचित्रले सामाजिक पिडा र प्रेमकथालाइ प्रस्तुत गरेको छ भने चलचित्रको अर्को पाटो भने मित्रता र बिस्वास अनि साहसलाइ देखाईएको छ । पारिवारिक माहोलमा हेर्न मिल्ने यस चलचित्रमा निर्देशक मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । 

हेर्नुहोस आज अस्तनारायण चलचित्र घर अगाडी दर्शकहरु भिड अनि कलाकारलाइ दर्शकको माया  ।

 

यस चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको यस चलचित्रको  कार्यकारी निर्मातामा  अर्पण सापकोटा रहेको छ भने रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । चलचित्रमा पल शाह ,वर्षा सिवाकोटी , नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने बुद्धि तामाङ पहिलो पटक यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन् ।  

हेर्नुहोस आज अस्तनारायण चलचित्र घर अगाडी दर्शकहरु भिड अनि कलाकारलाइ दर्शकको माया  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना