सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार बरिष्ठ अभिनेत्री भुसालसहित ४ जनालाई

सुभद्रा अधिकारी प्रतिष्ठानले आफ्नो सातौं बार्षिकउत्सव एवं स्रष्टा सम्मान कार्यक्रममा नगद राशी र सम्मानपत्र सहित ४ जनालाई पुरस्कृत गरेको छ । राष्ट्रिय नाँचघरमा आयोजित एक भव्य कार्यक्रमकाबिच बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालसहित कुशल नृत्यांगना एवं प्राध्यापक हनि श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ र समाजसेवी एवं हास्य क्षेत्रका चर्चित जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे (सुन्तली–धुर्मुस)लाई सम्मान पत्रसहित नगद पन्ध्र हजार पाँच रुपैयाँको दरले पुरस्कृत गरिएको हो । कार्यक्रममा कार्यक्रमलाई शिष्ट र कुशलतापूर्वक संचालन गरेका बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलालाई पनि प्रतिष्ठानले मायाको चिनो प्रदान गरेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको हातबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि आफ्नो सारगर्वित भनाई राख्दै प्रमुख अतिथि कार्कीले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे । त्यस्तै पुरस्कृत सवैले आफुलाई पुरस्कारको लागि योग्य सम्झिएकोमा आयोजकप्रति आभारी हुँदै आगामी दिनमा अझै सशक्त र जिम्मेवारीपूर्वक अगाडी बढ्न प्रेरणा थपिएको बताए । बरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व.पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा फाउण्डेशनको स्थापना गरेकी हुन् । फाउण्डेशनका अध्यक्ष सुनिल अधिकारी रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ