प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै नया शैली अनि नया भिडियोशैलीको लोकदोहोरी गीत " लोभी आखा " को म्युजिक भिडियो रिलिज भएको छ । पछिल्लो हिट गीत " पर्ख पर्ख मायालु " पछि पहिलो पटक चर्चित गीतका जोडी पुस्पा खड्का  र शिल्पा पोखरेलको आकर्षण अभिनय रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो  । सार्वजनिक यस नया लोक दोहोरी गीत " लोभी आखा "मा  शिल्पा र पुष्पको जोडी अझ खुलेको छ भने यी दुइ यस गीतको भिडियोमा राजा र रानी झैँ देखिएका छन । गीतकार कृष्ण केसीको एकल शब्द रचना अनि बसन्त थापाको संगीत सिर्जना रहेको यस गीतमा संगीत संयोजन भने आशिष अविरलको रहेको छ ।  "आफ्नो मन " युट्य़ुब च्यानलले बजार ब्यबस्थापन गरेको यस गीतमा संगीतकार बसन्त थापा र लक्ष्मी मल्लको सुमधुर गायन रहेको छ । 


सार्वजनिक यस गीतको म्युजिक भिडियोले चलनमा रहेको लोक दोहोरी गीतको भिडियो शैलीलाइ परिवर्तन गरेको छ भने यति मात्र नभएर यस गीतको भिडियोले लोक दोहोरी क्षेत्रको विकास समेत भएको शंज्ञा दिएको छ । परापूर्वकाल देखि चलन र चल्तीमा आएको लोकदोहोरी गीतको म्युजिक भिडियोमा जहा ढाका,टोपी पटुकी र गुन्यो ,चोलो र सारीलाइ अनि डाडा,पाखा ,भ्नाज्याँन र हाट,बजार अनि मेलालाइ बिशेष प्राथमिकता दिदै आइरहेको थियो । तर समय अनि परिस्थिति फरक परिवर्तन भए संगै अहिले यहाँ सम्म आउदा यस लोकदोहोरी गीतले पनि कोल्टे फेरेको महसुश यहि गीतको म्युजिक भिडियो मार्फत भएको छ । हेर्दा पनि चलचित्रको अनि पप गीतझैँ लाग्ने यस गीतको म्युजिक भिडियो बास्तवमै भन्ने हो भने निकै आकर्षण बनेको छ । 

प्रेमिल गीत अनि सुहाउदो जोडी र मोहक लोकेशन र आकर्षण अभिनयले यस गीतको रुपलाइ परिवर्तन गरिदिएको छ । रामेश्वोर कार्कीको आकर्षण खिचाई ,बिकाश ज्ञावालीको मेहनतिलो भिडियो सम्पादन अनि कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफीमा तयार यस गीतको म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस