आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि प्रसंसा र बधाई बटुलेका चलचित्रको टिमले आजको दिन सम्म पनि बधाई अनि प्रसंसा बटुलिरहेको छ । चलचित्र प्रदर्शनको केहि दिन पछि कलाकार शो रखिएको चलचित्रले अझ बढी प्रसंसा बटुली रहेको छ भने त्यो प्रसंसा र बधाई भन्दा पनि ठुलो कुरा त् चर्चामा रहेको दुइ वर्षा को दुस्मनी पनि मित्रतामा परिणत हुदै संगै प्रतिस्पर्धामा आएको चलचित्र " जात्रे जात्रा ' को मुख्य नायिका बर्षा राउतले बिरबिक्रम २ हेरेकी छिन र आफु हरु बिचको दुश्मनी मात्र हल्ला भएको समेत बताएकी छिन ।

यस्तै मा चलचित्र प्रदर्शनको पहिलो हप्ता बित्ने लाग्दाको नजिकमा चलचित्र " बिरबिक्रम २ " बादल अर्थात् नायिका वर्षाले आफु र चलचित्रको निर्माता तथा निर्देशक मिलन चाम्सको एक फोटो राखेर केहि कुरा पोखेकी छिन । उनेल आफ्नो र मिलन चाम्सको फोटो राख्दै मिलन चाम्सलाइ धन्यवाद दिएकि छिन । हेर्नुहोस नायिका बर्षाको फोटोको क्याप्सन " सानो मान्छे ठुलो कुरा भने जस्तै होला । तर,

त्यो एउटा मुस्कानबाट मेरो फिल्म यात्रा सुरु भएको थियो । त्यसपछीका केही फिल्मले म ब्यक्तीलाई हँसाए होला तर मेरो करियर हाँस्न सकेको थिएन । केही निर्देशकहरुसंग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो । 'म' बन्न पक्कै सकेको थिइन । सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदर्णिय मिलन सरसंगको भेट नै मेरो लागि टर्निङ पोइन्ट बनेको अनुभव गरेकी छु । केही पाएँ भन्ने महसुस हुन थालेको छ । 'म' बन्ने बाटो खुलेको अनुभूती गरेकी छु । उहाँसंग सहकार्य गर्नु अगाडि धेरै कुरा सुनेको थिएँ राम्रा नराम्रा । जब 'बीर विक्रम २'को यात्रा सुरु भयो तब उहाँलाई नजिकबाट बुझ्ने मौका पाएँ । आजसम्म सुनिएका नराम्रा कुरा सबै निरर्थक लागे । धेरैले मिलन चाम्स फिल्मको फ्याक्ट्री हो भनेको सुनेको थिएँ । उहाँ फिल्मको मात्र होइन शिर्जनशिलता, लगनशिलता, व्यवसायिकता र मानवियताका फ्याक्ट्री पनि हुनुहुँदो रहेछ । फिल्ममा मुख्य पात्रका रुपमामा छानिनु र मिलन सरसंग सहकार्य गर्न पाउनु मेरो भाग्य हो ।

हुन त हजुर र मेरो नाम जोडिएर धेरै गसिप बने र बन्ने पनि छन् अझै । तर, राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्ने शिक्षा हजुरबाटै पाएको छु । मैले यो भनि रहँदा अर्को फिल्मको लागि बर्षाले चिप्लो घसी भन्नेहरु पनि देख्न पाइने छ । उनीहरुले भन्नु भन्दा अगाडि नै म आफैँ भन्छु फेरी फेरी हरेक पटक हजुरसंग सहकार्य गर्न पाउँ ।

हजुरमा जति शिर्जनशिलता अरु कोही निर्देशकमा सायदै होला । फिल्ममा जुन भूमिका निर्वाह गरेँ त्यसलाई कति न्याय दिन सकेँ त्यो त यहाँहरुले मुल्यांकन गर्नु भएकै होला । तर, मलाई 'म' बन्ने यात्रा जुराइदिनु भएकोमा हजुरप्रति निकै आभारी छु Dear Milan Chams ❤️ #urthebest  " । 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त