गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन युके’लाई सार्वजनिक गरिएको हो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दीपक लिम्बु, गीतकार अग्निप्रसाद केदम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् ।

 

अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दीपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ । एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ ।किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।

 

कार्यक्रममा गायक अग्निप्रसादको परिवार, सञ्चारकर्मी र अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा रमेश थापालगायत एल्बममा जोडिएका सबैलाई प्रमुख अतिथि डा. कृष्णहरि बराले मायाँको चिनो प्रदान गरेका थिए । तुलसी बस्नेतले सहजीकरण गरेको विमोचन कार्यक्रममा अतिथिहरुले एल्बममा रहेका गीत राम्रा रहेको बताउँदै गीतकार अग्निप्रसादलाई तथा एल्बममा जोडिएका सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ