चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने चलचित्र शिर्ष गीत रिलिज गर्नु अघि गतबर्षको माघ २५ लाइ प्रदर्शन मिति तय गरेर गीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको छ  । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा गायिका  एक्स प्रिति कौरको गायन रहेको छ । सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।


 कथा तथा पटकथा मिराज रोशको रहेको यस चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ भने रिना लामा कार्यकारी निर्माता रहेको छ  । अरोन अशोक कुमारले छायाँकन गरेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेको यस चलचित्रमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस